पालुङवा कांग्रेसमा फर्किए

दमक,१६ चैत । स्थानीय तहको निर्वाचन ताका पार्टी त्यागेर राप्रपा प्रवेश गरेका दमक -१० का टंक पालुङवा ( छत्र) पुनः नेपाली कांग्रेसमा फर्किएका छन् ।उनलाई आज दमकमा कांग्रेस नेता केशव कुमार बुढाथोकीले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराईएको हो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता बुढाथोकी, नगर सभापति प्रकाश प्रसाई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उनलाई स्वागत गरिएको थियो ।
सामाजिक कार्यमा सक्रिय पालुङवाले विज्ञप्ति निकालेर राप्रपा त्यागी आफनै मातृ पार्टीमा र्फिर्कएको उल्लेख गरेका छन् । उनले भनेका छन् , –‘म कसैको दबाब तथा करकापमा नभई आफनै स्वइच्छाले आफनो घर फर्किएका र यस कार्यमा मेरा नेता केशव कुमार बुढाथोकीको हातवाट सदस्यता लिन पाएकोमा गौरवन्दित महषुष गरेको छु ’
उनले अव कांग्रेसले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.