राष्ट्रिय बहुमुखी सहकारीको रक्तदान, ३५ पिन्ट रगत संकलन

दमक,१६ चैत । झापाको दमकमा आज आयोजनाा गरिएको रक्तदानमा ३५ पिन्ट रगत संकलन भएको छ । दमक -८ सेतुमारी रोडस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफनै कार्यालयमा आयोजित रक्तदानमा ७ महिलासहित ३५ पिन्ट रगत संकलन भएको हो ।
रक्तदानमा सञ्चालक समितिका सदस्य राजेन्द्र कुमार लिम्बू, ऋण उपसमितिका संयोजक पारषमणि राई, कर्मचारीहरु चन्द्रबहादुर कन्दङवा, सुर्यकुमारी तामाङ लगायतले रगतदान गरेको सञ्चालक सदस्य टंक दुलालले बताए । रक्तदान जीवनदान भन्ने सन्देसका साथ आयोजित उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो । संस्थाका कार्यवहाक अध्यक्ष धनराज राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको कार्यक्रम संयोजक पदमबहादुर तामाङले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहकारीले रगतका अभाव हुन नदिन रगतदान कार्यक्रमको आयोजना गरेको सहकारीका सचिव एलडी राईले बताए ।

Leave a Reply

Your email address will not be published.