पथरीमा पनि पत्रकारले गरे प्रर्दशन

पथरीशनिश्चरे, १६ चैत्र । मोरङको पथरी शनिश्चरेमा एभीन्यूजका फोटो पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरूमा भएको ज्यादति विरुद्ध नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरी शनिश्चरेले पनि यहाँ आज प्रर्दशन गरेका छन् ।

महासंघको अगुवाईमा पथरी शनिश्चरे १ स्थित रत्नचोकमा आज साँझ विरोध सभा गरिएको थियो । विरोध सभामा उनीहरुले आन्दोलनको नाममा व्यक्ति हत्या गर्नेसम्मका अपराध कदापि स्वीकार्य नभएको भन्दै स्व. पत्रकार रजकको हत्यामा संलग्नको खोजी गरि कारवाही नभएसम्म पत्रकारहरुको पेशागत सुरक्षाको आन्दोलन नरोकिने चेतावनी दिए ।

शोकसहित विरोध सभामा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद रामकुमार नेपाली, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका केन्द्रीय सदस्य फिपराज बेघा, पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक सन्तोष राई, प्रदेश दैनिक अनलाइनका प्रकाशक भीमराज अधिकारी , तिम्मा न्यूज अनलाइनका सम्पादक विजय खम्बु, पूर्वाञ्चल दैनिक तथा विराट टेलिभिजनका पत्रकार छविराज ढकाल, हिमशिखर टेलिभिजनका पत्रकार भूमिप्रसाद पाठक, फोनिजकी जिल्ला सदस्य संगीता राई, पीएलटिभीका प्रोप्राइटर अनुप योन्जन, रियल न्यूज अनलाइनका पाठक लगायत एक दर्जन सञ्चारकर्मीहरुले नेपाली प्रेस जगतको स्वतन्त्रता र सञ्चारमाथि भएका ज्यादती विरुद्ध आवाज उठाएका थिए ।

Leave a Reply

Your email address will not be published.