
दमक,१५ चैत । झापाको दमक -६ मा मुख्य कार्यालय रहेको उधम बिकास बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७९ को भित्तेपात्रो निकालेको छ ।
संस्थाको आफनै कार्यालयमा आज एक कार्यक्रम गरि भित्तेपात्रो लोकापर्ण गरिएको हो । संस्थाकोउपाध्यक्ष रणबहादुर बराईलीको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकका अवसर पारेर लेखा सुपरीवेक्षणका संयोजक पर्शुराम रिजाल, सल्लाहकार विश्वदिप लिङ्गदेनसहितका सञ्चालक समितिका पदाधिकारी, सदस्यहरुले संयुक्त रुपमा भित्तेपात्रो लोकापर्ण गरिएको संस्थाका सदस्य बालकृष्ण श्रेष्ठले बताए ।
संस्थाले आफनो गतिविधि समेटेर बर्सेनी नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गरिआएको सचिव बिरेन्द्र पोख्रलले बताएका छन् । भित्तेपात्रो आफना सदस्यहरुलाई वितरण गरिने उनले जनाए ।