
दमक,१५ चैत । नेपाली कांग्रेस दमक नगर समितिले एक सल्लाहकार समिति गठन गरेको छ । पार्टी कार्यालयमा हालै सम्पन्न बैठकले मेघराज तिम्सीनाको संयोजकत्वमा १३ सदस्यी एक सल्लाहकार समिति गठन गरिएको सचिव दिपेश दाहालले जानकारी दिए ।
गठित सल्लाहकार समितिको सदस्यहरुमा अशोक थापा,पूर्णवहादुर बिष्ट,डिल्ली सुब्बा,मेनुका बुढाथोकी,त्रैलोक्य रिजाल, तुलसीराम प्रसाई, शिवप्रसाद दाहाल,सुमन नेपाल, कृष्ण धिमाल,दिपेश भटटराई, डिल्ली परियार र पदम तामाङ रहेका छन् ।
पार्टीका पूराना तथा अग्रज नेतृत्वहरुलाई समेटेर उक्त सल्लाहकार समिति विस्तार गरिएको सभापति प्रकाश प्रसाईले बताए ।
दाहालद्धारा अक्षयकोषमा ५० हजार सहयोग
नेपाली कांग्रेस दमक १० वडा समितिको अक्षयकोषका लागि स्थानीय एक जना दाताले रु ५० हजार सहयोग दिएका छन् । कांग्रेसका क्रियाशील सदस्य चेतन दाहालले पार्टी सञ्चालनका लागि वडाको अक्षयकोषमा स्वेच्छिक ५० हजार सहयोग गरेका हुन् ।
होस्टल एशोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका उनले अक्षयकोषका लागि उक्त सहयोग उपलव्ध गराएको कांग्रेस वडासचिव रविन कटुवालले बताए । दाता दाहालले उपलव्ध गराएको सहयोग रकम कोषमार्फत प्राप्त हुने व्याजबाट पार्टी संगठन कार्यमा खर्च गरिने उनले बताए ।