इन्द्रेणी युवा क्लवको नयाँ नेतृत्व, अध्यक्षमा राई

दमक,१६ चैत । दमक १० स्थित इन्द्रेणी युवा क्लवको नयाँ नेतृत्व चयन भएको छ ।इन्द्रेणी ताल नजिकै रहेको राधाकृष्ण मन्दिरको सभाहलमा क्लवको आज सम्पन्न विशेष साधारणसभाले उमेशकुमार राईको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नेलु लुङेली मगर, सचिवमा मनिस दाहाल, सहसचिवमा जीना गुरुङ र कोषाध्यक्षमा निल्सन दाहाल चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा दिब्या लिम्बू, सौगात रिजाल, अशोक थापा र सुयोग लिम्बू चयन भएका छन् । क्लबका निबर्तमान अध्यक्ष सुवास सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष नगेन्द्रमणी न्यौपाने , इन्देणी ताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खनाल, उपाध्यक्ष बिनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

सन् २००६ मा स्थापना भएको क्लवले खेलकुद विकास, युवा सशक्तीकरण, पर्यावरण संरक्षण, स्वास्थ्य तथा शिक्षा लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । नयाँ कार्यसमिति चयन भएसँगै क्लवको अगुवाईमा इन्द्रेणी ताल परिसरमा सरसफाइ अभियान सञ्चालन गरेका थिए।
इन्द्रेणी ताल व्यवस्थापन समिति र इन्द्रेणी युवा क्लबको संयुक्त सहभागितामा विगत केही सातादेखि निरन्तर रूपमा सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published.