घरको छतबाट खसेर वृद्धको मृत्यु

दमक ,१६ चैत । आफ्नै घरको छतबाट खसेर झापाको दमकमा आज विहान एकजना वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा दमक -५ का ८१ बर्षिय टेकबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दिपिनी मार्गस्थित आफ्नै ३ तले घरको छतबाट खसेर वृद्ध गुरुङको घटनास्थलमै ज्यान गएको थियो । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.