दमक ,१५ चैत । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यका उम्मेदवार गोकुल श्रेष्ठलाई जिताउन प्रचार अभियान थालिएको छ । दमक उद्योग वाणिज्य संघले आफना निर्वतमान अध्यक्ष श्रेष्ठलाई केन्द्रीय सदस्यमा जिताउन अभियान थालिएको हो ।
महासंघको यहि चैत्र २८–२९ गतेसम्म काठमाण्डौमा ५७ औं चुनावी साधारणसभा हुदै छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट श्रेष्ठलाई संघले केन्द्रीय कार्यकारिणी सदस्य पदका उम्मेदवारमा प्रस्तुत गरेको छ ।
संघले श्रेष्ठलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेपछि उद्योगी,व्यवसायी भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । संघका अध्यक्ष गोपाल गुरागाईले श्रेष्ठका पक्षमा साथ र समर्थन जुटाउन देशभरिका उद्योग वाणिज्य संघका अध्यक्ष तथा अगुवा व्यवसायीहरुसंग मत माग्ने काम जारी राखिएको बताए । तीन दिनदेखि संघका अध्यक्षसहितको टोली मधेश प्रदेशका सवै उद्योग वाणिज्य संघमा पुगेर मत माग्ने काम गरि आज भने वागमती प्रदेशको चितवनका तीन वटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा त्यहाँका अगुवा व्यवसायीहरु भेटघाट गरि मत माग्न कार्य भईरहेको र आफूहरुमा उत्साह थपिएको टोलीमा संलग्न अध्यक्ष गुरागाईले बताए ।
उनका अनुसार श्रेष्ठलाई जिताउन मधेश प्रदेश अन्तर्गत सप्तरीस्थित राजबिराज उवासंघका अध्यक्ष लालु प्रसाद अग्रवाल , लहानका अध्यक्ष बिकास शारडा, सिराहाका अध्यक्ष अभनाथ साह ,मिर्चैया अध्यक्ष हरिशंकर साह,बर्दिबास अध्यक्ष बिष्णु खड्का ,सिन्धुली अध्यक्ष अर्जुन श्रेष्ठसंग भेट गरि सहयोगका लागि अनुरोध गरिएको छ । त्यसैगरि, टोलीले उवासंघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी , रौतहट,गौरका अध्यक्ष पन्डित जैसवाल ,बारा कलैया अध्यक्ष राज कुमार साह, बिरगंज अध्यक्ष अनिल कुमार अग्रवाल , जितपुर सिमराका अध्यक्ष मोहन शर्मा लामिछानेसंग भेटघाट गरि सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष गुरागाईले बताए ।
उनले भे्टघाटका क्रममा महासंघको आसन्न निर्वाचनमा सहयोग गर्ने वचनवद्धता दिएको उल्लेख गरे । टोलीले द्धिपक्षीय सहकार्यसंगै व्यवसायिक वृद्धिविकासका क्षेत्रमा अनुभव समेत आदानप्रदान गरिएको संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले बताएका छन् ।