
दमक, १५ चैत । दमक -१० मा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयका एक दर्जन बढी विद्यार्थीलाई खगेन्द्र– पदमरत्न छात्रावृत्ति वितरण गरेको छ ।
पिताजीको ८९औ जन्मदिनको उपलक्ष्यका अवसर पारेर विद्यालयमा मंगलवार एक कार्यक्रम गरि उक्त कोषमार्फत कक्षा ११ र १२ का उत्कृष्ठ विद्यार्थीहरुलाई छात्रबृत्ति स्वरुप नगद हस्तान्तरण गरिएको विद्यालयका अध्यक्ष समेत रहेका वडाध्यक्ष बोधराज न्यौपानेले बताए ।उनका अनुसार यसरी छात्रबृत्ति पाउनेमा ९ छात्रासहित १६ जना विद्यार्थी रहेका छन् । उनीहरुले नगद १५ सय देखि ५४ सय रुपैया पाएका छन् ।
प्रदेश सांसद अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा छात्रबृत्तिका दाता खगेन्द्र पदमरत्न न्यौपानेका छोराहरु डम्बरुबल्लभ, कमल, लक्ष्मीप्रसाद, दिनेश, बिनोद, त्रिलोक र बालकृष्णसहितका परिवार मिलेर रु ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
२०६७ सालमा स्थापना भएको उक्त अक्षयकोषबाट बर्सेनी विद्यालयमा अध्ययनरत गरिव ,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिआएको प्रधानाध्यापक उमेश पराजुलीले बताएका छन् ।
छात्रवृति वितरण कार्यक्रममा विद्यालयका पूर्वअध्यक्षहरु देवीप्रसाद दाहाल, अम्बिका खनाल,जंगबहादुर थापा,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक जेसीजका अध्यक्ष सन्जीव बराल , दमक नगरपालिका शिक्षा शाखाका सोमनाथ गुरागाई ,उर्लावारी जेसीज बर्ष २०२२ का अध्यक्ष तारानाथ दाहाललगायतको समेत उपस्थिति रहेको थियो ।
