गौरादह ,१४ चैत । वजेट अभावका कारण रोकिएको झापाको गौरादह नगरपालिका वडा न ३ मा नेपाली कांग्रेसको वडा पार्टी कार्यालय भवन निर्माणकार्य पुनः सुचारु गरिएकोछ । गौरादह नगरपालिकाको कृषि क्याम्पस मोडदेखि करिब ३०० मिटर पश्चिममा कांग्रेसको वडा कार्यालयको पार्टी कार्यालय भवन निर्माणकार्य सुरु गरिएको हो ।
कुल २० लाख अनुमानित लागतमा निर्माण सम्पन्नगरिने लक्ष्य सहित ४५ फिट लम्बाई र २० फिट चौडाइ छेत्रफल भएको पार्टी कार्यालय भवन निर्माण कार्यमा तीव्रता दिईएको पार्टीका वडा सचिव रुद्र धमलाले जानकारी दिएका छ्न् ।
गत २०७८ साल फागुन ९ गते नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले उक्त भवनको शिलान्यास गरेका थिए । पार्टी कार्यालय भवन निर्माण गर्न .गौरीगन्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपिन्द्र थापाले करिव १५ लाख मूल्य बराबरको १० धुर जग्गा उपलब्ध गराएका थिए । शिलान्यास कार्यक्रममा पार्टीको विभिन्न जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ताहरुले ६ लाख ३८ हजार रकम साथै निर्माण कार्यका लागि आवश्यक पर्ने इटा ,ढुङ्गा लगायतका निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता रकम मध्ये हालसम्म २ लाख ८७ हजार रकम निर्माण समितिलाई उपलब्ध भैसकेको र अन्य रकम संकलनको क्रममा रहेको पार्टी कार्यालय भवन निर्माण समिति संयोजक तथा पार्टीका वडा सभापति गोपाल बरालले जानकारी दिए ।
पार्टीका सहयोगी दाताहरुको स्वेच्छिक सहयोग रकमबाट निर्माण सम्पन्न गर्न लागिएको उक्त कार्यालय भवनमा आवश्यक रकम अभावका कारण यस बर्ष ट्रसको छाना लगाइ निर्माण सम्पन गरिने तथा आगामी बर्षमा ब्यबस्थित ढलान युक्त सुबिधासम्पन्न भवन निर्माण गरिने निर्माण समितिका संयोजक बरालले जनाए ।