चोरीका घटना बढेपछि स्थानीय त्रसित

दमक, १४ चैत्र ।केहिदिन यता दमक –१० मा चोरीका घटना बढन थालेका छन् । गाउँ घरमा चोरीका घटना बढ्न थाले पछि स्थानीयमा त्रास छाएको छ । पछिल्ला एकसातामा मात्र त्यस क्षेत्रमा चारवटा चोरीका घटना भएको पाइएको छ ।
गएराति सोहि वडाका दुई जना कृषकको सिचाँईको मोटर चोरी भएको छ । कृषक खडग प्रसाद न्यौपाने र हेम प्रसाद रिजालको खेतमा सिचाईका लागि राखिएका २ थान मोटर चोरी भएको पीडित कृषकले बताएका छन् । चैते धान लगाई सकेका कृषकको रातको समयमा खेतबाटनै मोटर चोरी भएपछि चैते धानमा पानी सिचाई गर्न समस्या भएको पीडित कृषक रिजालले गुनासो गरे । ३ हर्ज पावरको मोटर चोरी हुदाँ आफुलाई २० हजार बढीको क्षति भएको रिजालने दुखेसो गरे । सिचाई गर्ने मुख्य सिजनमा मोटरनै चोरी भएपछि धानबालीमा समस्या भएको कृषकको गुनासो छ ।
यसैगरी केही दिन अघिमात्र दमक १० न्यौपाने टोलका नवराज न्यौपाने र सेतुमारीस्थित धिमाल थरका अर्का एक ब्यक्तिको किराना पसलमा पनि रातको समयमा चोरी भएको थियो ।
गाउँघरमा हुदैआएको दुले चोरको विगविगी बढ्न थालेपछि स्थानीयले प्रहरी प्रशासनसंग सुरक्षाको माग गरेका छन् । उनीहरुले त्यस भेगलाई समेटेर स्थायी रुपमा प्रहरी चौंकी स्थापना गर्न माग दोहोरयाँउदैआएका छन् । गाउँघरमा हुने चोरीलगायतका अपराधिक कार्य नियन्त्रण गर्न पनि प्रहरीको नियमित इकाई राख्नु पर्ने पत्रकार समेत रहेका स्थानीय नगेन्द्रमणि न्यौपानेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.