दमक गोल्डकप :कांग्रेस निकटका संयोजकहरु जिम्मेवारीबाट अलगिए

दमक,१३ चैत । दमकमा गत चैत ९ गतेदेखि जारी दमक गोल्डकपका सञ्चार तथा आर्थिक उपसमितिका संयोजकहरुले जिम्मेवारीबाट अलगिएको घोषणा गरेका छन् । गोल्डकप आयोजकले प्रतियोगितामा एकपक्षिय गतिविधि गरेको भन्दै नेपाली कांग्रेस निकटका दुई संयोजकसहित विभिन्न जिम्मेवारी पाएका तीन जनाले सामूहिक रुपमा अलगिएको घोषणा गरेका हुन् ।
सञ्चार उपसमितिका संयोजक बबरजंग थापा, आर्थिक उपसमितिका संयोजक चन्द्र खत्री , खेलकुद विकास समितिकी सदस्य दिलु सुब्बा (राई ) लगायतले आफनो जिम्मेवारीबाट अलगिएको घोषणा गरेका हुन् । उनीहरुले कांग्रेस नगर सभापति प्रकाश प्रसाईलाई जानकारी पत्र पठाएर गोल्डकपमा पाएको आआफनो जिम्मेवारीबाट १२ चैतदेखि अलग भएको उल्लेख गरेकाछन् ।
कांग्रेसले तीन दिन अघि गोल्डकप आयोजना गर्ने समितिको कार्यशैली प्रति असन्तुष्टि जनाउदैं त्यसलाई असहयोग पुरयाँउने उद्घोष गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूसहितका नेताहरुले गोल्डकपलाई राजनीतिकरण गरिएको भन्दै पार्टी निकट त्यहाँ बसेका सबै जिम्मेवार व्यक्तिहरुलाई अल्टिमेटम दिदैं जिम्मेवारीबाट राजीनामा दिन निर्देशन दिएको थियो ।

त्यसै निर्देशन अनुसार गोल्डकपको समितिमा बसेका कांग्रेस निकटका व्यक्तिहरुले धमाधम राजीनामा दिन थालेको कांग्रेस नगर सचिव दिपेश दाहालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.