नवनिर्वाचित लेखापढी व्यवसायीको पदहस्तान्तरण सम्पन्न

नवनिर्वाचित लेखापढी समितिलाई सपथ गराईदै

दमक,१३ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन दमकको नवनिर्वाचित कार्यसमितिको आइतवार यहाँ सपथग्रहणसहित पदहस्तान्तरण सम्पन्न भएको छ ।
मालपोत कार्यालयस्थित एशोसियसनको आफनै कार्यालयमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ताराकुमार खड्कासहितका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहणसहित पदहस्तान्तरण गरिएको हो ।
एशोसिएसनको चैत ९ गते सम्पन्न १२ औ बार्षिक चुनावी साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पदाधिकारीतर्फ उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा भने सहमति नभएपछि निर्वाचन भएको थियो ।
तीन बर्षे कार्यकाल रहने उक्त निर्वाचित समितिको उपाध्यक्षमा शिवप्रसाद पौडेल,सचिवमा गगन शिवाकोटी, सहसचिवमा दिनेश घिमीरे, कोषाध्यक्षमा शान्तिराम कार्की र सहकोषाध्यक्षमा पवन राजवंशी चुनिएका छन् । यस्तै सदस्यहरुमा अम्बिका प्रसाद मिश्र, कृष्णप्रसाद राजवंशी, गोविन्द प्रसाद बोहोरा, शंकर बहादुर भुजेल, पर्शुराम ढुंगाना, डम्बर प्रसाद रिजाल र रमण तिम्सीना चुनिएका छन् ।
कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन अधिकृत राजनबहादुर ढुंगाना लगायतले सपथग्रहणसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । निर्वाचन सम्पन्न गर्न अधिबक्ता समेत रहेका ढुंगानाको संयोजकत्वमा अधिबक्ता श्याम आचार्य, अग्रज लेखापढी व्यवसायी घनश्याम दाहाल रहेको समिति गठन गरिएको थियो । उक्त कार्यक्रममा नवनिर्वाचित अधयक्ष खड्काले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
सो अवसरमा एशोसिएसनका केन्द्रीय रन्जना गौतम,जिल्ला अध्यक्ष शुसील निरौला, प्रदेश सदस्य बाबुराम अधिकारी,गणपति शाकोसका अध्यक्ष गौरसिंह राजवंशी,एशोसिएसन दमकका निर्वतमान पदाधिकारी,सदस्य, लेखापढी व्यवसायीहरुको उल्लेखीय उपस्थिति रहेको थियो । एशोसिएसन दमकमा १९७ जना लेखापढी कानुन व्यवसायीहरु आवद्ध छन् ।

निर्वाचित प्रमाणपत्र ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष खड्का

Leave a Reply

Your email address will not be published.