
दमक,१३ चैत । पित्तथैलोमा ढुंगा पलाएका झापा,भद्रपुरकी २४ बर्षिया माया तामाङ आर्थिक अभावका कारण उपचार गर्न नसक्दा जीवन मरणको दोसाँधमा पुगेकी छन् ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएकी उनलाई शल्यक्रियाका लागि पैसा जुटाउन नसक्दा रोग पालेर राख्न बाँध्य भएकी छन् । उपचारमा सहयोग पुरयाँउदै आएकी विरामीको आफन्त शान्ता तामाङले दमक अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि परीक्षण गरिएपनि समयमै शल्यक्रियाका लागि चाजोपाजो नगरिदाँ समस्या भएको सुनाइन् । विरामीलाई दमक अस्पतालले काठमाडौंमा लैजान सल्लाह दिएका थिए । तर काठमाडौसम्म लैजान झनै आर्थिक सकस हुने भएको भन्दै आफन्तले फेरि धरानस्थित घोपामा लगेका थिए । त्यहाँका चिकित्सकले भने शल्यक्रियाका लागि दुई महिना कुर्नु पर्ने सल्लाह दिएको उनले बताईन् ।
जण्डिस समेत भएकी उनको शल्यक्रिया त्यतिका समय नगर्दा झनै समस्या बढेर जाने अवस्थामा पुगेकी पीडित आर्थिक विपन्नतासंगै आफनो मान्छे नहुदाँ अहिले आएर समस्या भोग्दैआएकी शान्ताले बताईन् । उनले अगाडी भनिन्, –‘उपचारका लागि आवश्यक पर्ने पैसा नहुदाँ विरामी त्यतिकै मर्ने भए, मनकारीहरुसंग सहयोग पुरयाँईदिन अनुरोध छ ।’
बुबा वितेका ,आमा छोरी बस्दैआएकी तामाङ परिवारको सम्पत्तिका नाममा ५ धुर जमीन छ । त्यही जमीनमा छाप्रा हालेर उनीहरु जनमन गरि जिबीकोपार्जन गरिआएकी छन् । त्यो जमिन बेचेर छोरीको उपचार गर्न मन भएपनि दुखका बेला भाउ नपाउने उनले दुखोसो पोखिन ।
स्वास्थ्य बिमा समेत नभएकी उनको उपचारमा सहयोग पुरयाँउन विरामी परिवारले सवै दयालु मनकारीहरुसंग आर्थिक सहयोगको अपिल गरिआएका छन् । बेलैमा उपचार गर्न सकिए विरामी बचाँउन सकिने भन्दै विरामीलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने विरामीको आफन्तको मोवाइल नम्बर ९८२४९४५९७९ , ९८१६०२७४४० मा कुरा गर्न सकिने जनाईएको छ ।