सिम्लेमा १८ चैतदेखि गोल्डकप हुने

कमल, १२ चैत । यहि चैत १८ देखि झापाको कमल -५ सिम्लेमा प्रथम सिम्ले गोल्डकप फूटवल प्रतियोगिता हुने भएको छ । स्थानीय सिम्ले यूनाईटेड क्लवको आयोजनामा हुने उक्त प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेताले ३१ ह्जार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आइतहाङ सम्बाहाम्फेले बताए ।
सिम्लेस्थित क्लवको आफनै खेलमैदानमा हुने उक्त प्रतियोगितामा झापा, मोरङ,सुनसरी र इलाम जिल्लाका १ दर्जन फूटवल टिमको सहभागिता रहने छ । प्रतियोगिताको फाइनल खेल २६ चैतमा हुने छ ।
प्रतियोगिता भव्य रुपले सम्पन्न गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष राजकुमार सम्बाहाम्फेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.