दमक,१२ चैत । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी सामाजिक संस्थाको अध्यक्षमा पुनः गोपाल बहादुर निरौला चुनिएका छन् ।शनिवार संस्थाको सम्पन्न पहिलो साधारणसभाको बन्दसत्रले पुनः निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा देबेन्द्र कुईकेल, सचिवमा खगेश्वर उपाध्याय,सहसचिवमा सृजना रुम्बा र कोषाध्यक्षमा भरत न्यौपाने चुनिएका छन् । यसैगरि , सदस्यहरुमा सरोज कार्की,बिष्णुमाया राउँत ,जानुका विष्ट, सौगात बस्नेत,भक्तबहादुर मगर, राज ढकाल,रोशन आचार्य र नविन श्रेष्ठ चुनिएका छन् ।
यसैगरि, साधारणसभाले कमल निरौलाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीक्षण समिति गठन गरेको छ । लेखा समितिको द्धय सदस्यमा अभिषेक कार्की र दुर्गा भुजेल चुनिएका छन् ।
यस्तै, संस्थाले नन्दकुमार न्यौपानेको संयोजकत्वमा १२ सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा विष्णु प्रसाद खनाल ,पशुपतिकुमार धिताल,भुवन बुढाथोकी,विनोदकुमार पाण्डे,शुसिला धिताल, सन्तोष कार्की,हरि बस्नेत, बिष्णु प्रसाद पौडेल,इन्द्रबहादुर कार्की, लोकेन्द्र राज राउत र सावित्रा खड्का रहेका छन् ।
स्थानीय गुह्येश्वरी आधारभुत बिद्यालयको प्राङगणमा सम्पन्न साधारणसभामा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा स्थानीय ९० बर्षिय जेष्ठ देशराज कुरुम्बाङ्ग र ८६ बर्षिया रुकमणी धिताललाई दिर्घ जीवनको शुभकामनाका साथ सम्मान गरिएको थियो ।यस्तै, संस्थालेस्थानीय सामाजिक व्यक्तित्वका रुपमा सलबहादुर लिम्बू र नन्दकुमार न्यौपानेलाई समेत सम्मान गरेको थियो ।
संस्थाको बन्दसत्रमा अध्यक्ष निरौलाको सांगठानिक तथा कोषाध्यक्ष नबिन भट्टराईले प्रस्तुत गरेको दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।त्यस्तै, सभामा नवनिर्वाचित अध्यक्ष निरौलाले आउँदा दिनहरुमा संस्थाले सामाजिक कार्यमा सक्रिय भएर सेवा पुरयाँउने प्रतिवद्धता जाहेर गरेका थिए ।
सामाजिक कार्यमा सघाउ पुरयाँउन उद्देश्यले स्थापना गरिएको उक्त संस्थाले त्यहाँको विभिन्न सामाजिक तथा परोपकारी क्षेत्रमा काम गरिआएको छ । संस्थामा हाल १४ जना साधारण सदस्य र १२५ जना आजीवन सदस्य आवद्ध छन् ।