बोलेरोको ठक्करबाट कमल ५ का चौधरीको मृत्यु

दमक ,१२ चैत । बोलेरोको ठक्करबाट जसपा झापाका जिल्ला सदस्य बाल्मिकी चौधरीको निधन भएको छ ।शुक्रबार राती झापाको बिर्तामोडमा बाटो काट्ने क्रममा बोलेरोले ठक्कर दिदाँ झापा, कमल -५ निवासी जिल्ला सदस्य चौधरीको निधन भएको हो ।
राती करिब पौने ८ बजे तिर बिर्तामोड १ भगवान चौकस्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र१–०२–००२च ४७१५ नम्बरको बोलेरो गाडीको ठक्करबाट ६५ बर्षिय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बोलेरो चालक ईटहरी ५ का २७ बर्षिय कृष्ण धिमाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
यसैवीच, ठक्करबाट निधन भएका टेन्ट व्यवसायी चौधरीको शनिवार दिउँसो रतुवा नदीको घाटमा अन्त्येष्टि गरिएको थियो । स्व. चौधरीका एक श्रीमती ,२ छोरा र ३ छोरी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.