सुब्बाले गरे दमकका दुई आश्रमलाई सहयोग

दमक,११ चैत । अन्तराष्ट्रिय झापाली समाजका निर्वतमान अध्यक्ष समेत रहेका दमक- ५ निवासी सामाजिक व्यक्तित्व छत्र फोरुम्बो सुब्बाले दमकका दुई आश्रमलाई आर्थिक सहयोग दिएका छन् ।
उनले आज दमक -२ मा रहेको हाम्रो बाल आश्रम र दमक ४ स्थित रत्न ज्येष्ठ आश्रममा पुगेर १०,१० हजार सहयोग गरेका हुन् । दमक ४ निवासी स्व. सुनिता श्रेष्ठको स्मृतिमा उनका परिवारले प्रदान गर्ने सहयोगको कार्यक्रमका अवसर पारेर दाता सुब्बाले उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।
रोजगारीका क्रममा हङ्गकङ बस्दैआएका सुब्बाले आफना ठाँउमा दुई वटा आश्रमलाई सानो सहयोग पुरयाँएको बताउदै सुब्बाले थप सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published.