केर्खामा वृहत रक्तदान, ९७ पिन्ट रगत संकलन

केर्खा ,१०चैत। झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा शुक्रवार आयोजित वृहत रक्तदानमा ९७ पिन्ट रगत संकलन भएको छ ।वडा कार्यालयमा आयोजित रक्तदानमा २३ महिला सहित ९७ जनाले रगतदान गरेका हुन् । रक्तदान सहारा नेपाल शाकोस ,कमल नगर जेसीज र लायन्स क्लव अफ केर्खाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको थियो ।
सहारा नेपाल केर्खा सेवा केन्द्रका संयोजक शिव भट्टराईको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा कमल ३ का वडाअध्यक्ष अग्निप्रसाद कोइराला लगायतले रगतदान गरेका थिए । सो अवसरमा विभिन्न क्षेत्रका सामाजिक अगुवाहरुले रक्तदानको महत्वका बारे चर्चा गरेका थिए ।त्यस्तै,रगतदानमा सहभागि रक्तदाताहरुलाई प्रंशसा स्वरुप फूलको विरुवा हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.