कमलमा वृद्धसहित दुई शव फेला

दमक ,९ चैत । झापाको कमल गाउँपालिकामा सोमबार एकै दिन एक वृद्धसहित दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल -३ तोपगाछीस्थित २१ नम्बर सैनिक बाहिनीमा कार्यरत ३३ वर्षीया टिका आङ्देम्बे र कमल गाउँपालिका- २ क्याम्पा निवासी ७२ वर्षीय लालबहादुर तामाङ स्याङ्बो झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
मृतक महिलाका श्रीमान अम्बर थापा सोही सैनिक कार्यालयमा कार्यरत रहेको प्रहरीले जनाएको छ । दुवै शवको कानुनी मुचुल्का उठाई पोस्टमार्टमको लागि परिवारलाई जिम्मा दिएर घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.