बिर्तामोड,९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् ।बिर्तामोड आज सम्पन्न महासंघको ५ औ प्रदेश सभाको निर्वाचन कार्यक्रमबाट उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन् । उनले यसअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पनि सम्हालिसकेका छन् ।
मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल र कोषाध्यक्षमा भने सुवास आचार्य चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट धु्रवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना र वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरि,एशोसिएट्सबाट रविनकुमार दाहाल, भविस कुमार श्रेष्ठ र श्रवण कुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले बताए ।