दमक ,९ चैत । कमल गाउँपालिका -७ मेमेङ्ग टोलमा रहेको किरात युमा माङहिममा यज्ञकुण्ड मण्डप निर्माण गरिएको छ ।गाउँपालिकाको चालु आर्थिक बर्षको बिनियोजित ५ लाख बजेटबाट माङहिममा यज्ञकुण्ड मण्डप निर्माण गरिएको गठित निर्माण उपभोक्ता समितिका संयोजक पूर्णकुमार माबोले बताए । पक्की मण्डपको काम अन्तिम चरणममा पुगेको छ ।
यससंगै बिस २०७६ सालदेखि निर्माण शुरु भएको माङहिम र मण्डपसहितका योजनामा गाउँपालिकाको करिव १३ लाख ५० हजार खर्च भईसकेको माङहिम समितिले जनाएको छ । माङहिम निर्माण पछि त्यहाँ दैनिक पूजापाठ ,कर्मकाण्ड लगायतका धार्मिक गतिविधिहरु सञ्चालन गर्न सुविधा पुग्ने माङहिमका अध्यक्ष भिमराज लिम्बूले बताएका छन् । यसअघि गाउँपालिकाकै सहयोगमा माङहिम निर्माण भएको थियो ।
माङहिम निर्माण गर्न स्थानीय समाजसेवी समेत पूर्व ब्रिटीस आर्मी गणेश बहादुर केरुङ्गले २ कठ्ठा र बुधमाया मावोले १० धुर जमीन निशुल्क दिएका थिए ।