दमक ,९ चैत । क्लब हिमालयन टाईगरले दक्षिण कोरियामा समन्वय समिति गठन गरेको छ । सामाजिक कार्यमा काम गर्ने उद्देश्यले दक्षिण कोरियामा क्लव हिमालयन टाइगरले शाखा समिति गठन गरेका हुन् ।
सर्वसम्मत गठित समितिको अध्यक्षमा मनोज अधिकारी,उपाध्यक्षमा राजेश शंकर,सचिवमा चिरन रिजाल,सहसचिवमा जीवन धिमाल र कोषाध्यक्षमा नितेश बास्तोला चुनिएका छन् । यसैगरि सदस्यहरुमा शरण राई, दिनेश नेउपाने, शम्भु नाथ,गोपाल दाहाल,रञ्जित ताजपुरिया र केशव नेउपाने रहेका छन् । संस्थाले नेपाली बसोबास गरिआएका अन्य देशहरुमा समेत शाखा विस्तार कार्य अघि बढाउदै आएको क्लव हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवतराज भण्डारीले बताए ।