पथरी शनिश्चरे, ९ चैत्र। मोरङ्गको क्षेत्र नं३ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्मा र सोहि निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित कोशी प्रदेश सभाका सांसद तमानबहादुर लिम्बूको आफ्ना निर्वाचन क्षेत्रका जनतालाई सहजताका निमित्त संयुक्त सम्पर्क कार्यलय उद्घाटन गरिएको छ।
आज शनिबार मोरङको पथरी शनिश्चरे वडा नम्बर २ बुद्धचोकमा एक कार्यक्रम गरि दुवै सांसदको सांसद सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो।
संघीय सांसद डा.शर्माले स्वस्थ बीमा गर्ने बीमितहरूले पहिलो वर्षमा २ लाख, दोस्रो वर्षमा ५ लाख र तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनुपर्ने कुरामा आफूहरुले संघीय सदनमा पेश गरेको र संघीय संसदले एक स्वरले पास गरेकाले अव स्वास्थ्य बीमा सम्बन्धी विधेयक कानुनी रूपमै आउने उल्लेख गरे । यो विधेयक पास भएमा नयाँ इतिहास रस्ने र मतदाताले दिएको मत खेर नजाने उनले विश्वास गरे।
उनले आफनो निर्वाचन क्षेत्र अन्तर्गत पथरी शनिश्चरेदेखि सलकपुर सम्म करिब २ अर्ब भन्दा बढी बजेट प्राप्त गरेको र थुप्रै विकासका योजना सञ्चालन भइरहेको जानकरी दिए ।क्षेत्रबासी नागरिकलाई खानेपानी सडक बिजुली पुल तटबन्धन जस्ता विभिन्न विकासका कार्यहरुका लागि आवश्यक बजेट ल्याउनका लागि पहल गरिरहेको उनको भनाई थियो ।
संविधानसभाका सभासद तथा नेकपा एकीकृत समाजवादी पार्टीका मोरङ सह इन्चार्ज चण्डीप्रसाद राई, नेकपा माओवादी केन्द्रका पथरी शनिश्चरे अध्यक्ष गोविन्द कटवाल, एकीकृत समाजवादीकी महिला नेतृ कृष्णकुमारी विश्वकर्मा,लगायतले नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनले निर्वाचन ताका जनताको घरदैलोमा गरेका बाचाहरु पूरा गर्न पनि दुवैजना सांसदहरूलाई शुभ(कामना व्यक्त गरेका छन् ।
पार्टीका क्षेत्रीय सभापति गणेश खड्काको अध्यक्षतामा भएको सासद सम्पर्क कार्यालय उद्घाटनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताहरुले पथरी सनसरी खण्डमा बन्दै गरेको एसियन हाइवे सहरी मापदण्ड अनुसार नै निर्माण हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। उक्त अवसरमा नेपाली कांग्रेसका भात्रृ संगठनका पदाधिकारीहरू तथा तथा विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।