बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, ८ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरीमा गएराती बोलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल ५ का ४० बर्षिय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गईरहेकोे मे १ ज १९४२ नम्बरको बोलेरोले राती करिब सवा १० बजे बाटो काट्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमा मृत्यु भएको थियो ।
ठक्कर दिएर फरार रहेको सवारी चालकसहित बोलेरोलाई आज बुधबार बिहान २.३० बजे विर्तामोडस्थित बसपार्कमा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार रहेको सवारी खोजी गर्ने क्रममा चालक इलाम नगरपालिका २ का ३२ बर्षिय पेम्बा तामाङसहित बोलेरोलाई विर्तामोडमा बसपार्कमा फेला पारी नियन्त्रणमा लिइएको बताए । घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.