टोलटोल,घरघरमा कांग्रेसको अभियान

कमल ५ वडा भेला

दमक,७ चैत । नजिकिएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि नेपाली कांग्रेसले संगठन निर्माणसंगै घरदैलो अभियान शुरु गरेको छ ।
पार्टी केन्द्रले निर्वाचन लक्षित गतिविधि शुरु गर्न निर्देशन दिएपछि दशैभरि पार्टी गतिविधि तीव्र पारिदै लगिएको कांग्रेसले जनाएको छ । घरघरमा जाऔं,कांग्रेस जिताऔ भन्ने अभियानका साथ सोमबारदेखि कांग्रेसले निर्वाचन लक्षित कार्यक्रम शुरु गरेको हो ।
यसैक्रममा सोमबार देशैभरिका वडाहरुमा पार्टी भेला गरि टोलटोलसंगै घरघरसम्म कांग्रेस पुग्ने अभियान थालिएको बताईएको छ । झापाका १५ स्थानीय तहका १३१ वटै वडाहरुमा कांग्रेसले वडा भेला गरि निर्वाचन लक्षित गतिविधि थाल्ने निर्णय भएको जिल्ला सभापति देउमान थेवेले बताए ।यसैक्रममा आज कमल ५ ले वडा भेला गरि विभिन्न निर्णय गरिएको वडा सभापति चन्द्र सिंह राईले बताए ।

उनका अनुसार बैठकले वडाका सातवटै टोलमा वडा प्रतिनिधिहरु खटाएको छ । सोमवार वडा कार्यालय मंगलवारेमा सम्पन्न वडा स्तरिय भेलाले सातवटै टोलमा पार्टी संगठन थप सुढृण पुरयाँउन उद्देश्यले प्रति टोल २ जनाको दरले १४ जनालाई टोल प्रतिनिधिका रुपमा खटाउने निर्णय भएको वडा सभापति चन्द्रसिंह राईले जानकारी दिए ।
कांग्रेस झापा जिल्लाबाट प्रतिनिधि खटिएकी जिल्ला सदस्य सरस्वती सेढाईको प्रमुख आतिथ्यतामा भएको वडा भेलाले चोलुंग टोलमा आइतहाँग लिम्बू र भक्त मगर, फक्तालूङ्ग टोलमा राम बहादुर तुम्रोक र नर बहादुर पराजुली,हिमाली टोलमा सूरज कुमार कुमाल र धिरज श्रेष्ठ,मंगलमय टोलमा केन्द्र कार्की र अबिराज रसाइली, पाथिभरा टोलमा तारा बहादुर खड़का र उमाकान्त न्यौपाने, राधाकृष्ण टोलमा भोज कुमार बुढाथोकी र कमल राई र सीतापुरी टोलमा राम प्रसाद अधिकारी र माधब श्रेष्ठलाई प्रतिनिधि खटाउने निर्णय भएको सभापति राईले बताए । बैठकमा कांग्रेस प्रदेश न १ सदस्य हुकुम सिंह राई, जिल्ला प्रतिनिधि सरस्वती सेढाई , क्षेत्रीय प्रतिनिधि अनिल भण्डारी, प्रदेश ५ ख प्रतिनिधि सुकपाल नेम्बाङ , पत्रकार महासंघ प्रदेश १ का सदस्य बिष्णु सुब्बा, टोल संयोजक,पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको सचिव अनुप खड्काले बताए ।
यसैगरि कमल १ मा पनि कांग्रेस वडाले सोमबार भेला गरिएको वडासभापति भिष्म सुवेदीले बताए । वडा भेलामा जिल्ला प्रतिनिधिसमेत रहेका जिल्ला सदस्य राजकुमार गौतम, कांग्रेस कमलका कार्यवहाक सभापति केदार कटुवाल, क्षेत्रीय प्रतिनिधि महेन्द्र भट्टराई, विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य श्याम लम्साल,पूर्व वडासभापति विरेन्द्र खड्का लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.