
दमक,७ चैत । नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्दा पूर्णानन्द शर्मा अस्वस्थ्य भएका छन्।केहिदिन यता स्वास्थ्यमा गंभीर समस्या देखिएपछि उनलाई उपचारका लागि तीनदिन देखि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल भर्ना गरिएको छ ।
कमल गाउँपालिका -५ मंगलवारेका स्थायीबासिन्दा ८६ बर्षिय शर्माको पित्तथैलीमा अचानक समस्या देखिएपछि विर्तासिटी अस्पतालमा भर्ना गरिएको उनका छोरा प्रमोद दाहालले जानकारी दिए । उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएपछि थप स्वास्थ्य परीक्षणका लागि त्यता लगिएको छोरा प्रमोदले बताएका छन् ।