कमल ५ मा कांग्रेसले बनायो , दुई टोल समिति

दमक,५ चैत । पार्टी संगठन सुढिढकरण गर्ने उद्देश्यले नेपाली कांग्रेस कमल वडा न. ५ ले आज थप दुई वटा टोल समिति गठन गरेको छ । सितापुरीमा आज सम्पन्न टोल भेलाले सुदिप राईको संयोजकत्वमा सितापुरी र भरत दर्जीको संयोजकत्वमा राधाकृष्ण टोल समिति गठन गरिएको वडा सभापति चन्द्रसिंह राईले जानकारी दिए ।
कांग्रेस झापा जिल्लाबाट प्रतिनिधि खटिएकी जिल्ला सदस्य सरस्वती सेढाईको प्रमुख आतिथ्यतामा भएको टोल भेलाले गठित १३ सदस्यीय सितापुरी टोल समितिको सहसंयोजकमा प्रमोद राई, सचिवमा आशिक राई, सहसचिवमा प्रविण राई र कोषाध्यक्षमा रत्ना राई चुनिएका छन् । यस्तै सदस्यहरुमा देव चौहान, ज्योतिकुमार चौहान, पर्वत राई, शुभेक्क्षा राई, प्रतिमा राई, मैया राई, दुर्गा राउत , दिपक राई र कमला राई चुनिएका छन् ।
यस्तै, १३ सदस्यीय गठित राधाकृष्ण टोल समितिको सहसंयोजकमा राहित अधिकारी, सचिवमा सन्तोष वडा राई, सहसचिवमा निर्मल नेपाली र कोषाध्यक्षमा डम्बरकुमारी बर्देवा चुनिए । यस्तै सदस्यहरुमा कृष्ण राई ,धनराम बर्देवा, सुमन महरा, धिरज लिम्बू, धिरज नेपाली , रोशन महरा, पदम लिम्बू र क्रिष्टल लिम्बू चुनिएको कांग्रेस वडा सचिव अनुप खड्काले बताएका छन् । नवगठित समितिलाई खादा ओढाएर सम्मान गर्नुका साथै बैठक खाता, पार्टीको झण्डा समेत हस्तान्तरण गरिएको थियो । यसअघि वडाले तीन वटा टोल समिति समेत गठन गरिसकेको छ ।
उक्त टोल भेलामा कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य फूलवती राजवंशी, गौरीगन्ज कांग्रेस सभापति अघ्नु राजवंशी, पत्रकार महासंघ प्रदेश १ का सदस्य बिष्णु सुब्बा, कांग्रेस कमल उपसभापति पदमबहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.