गाडी चलाउदै गर्दा बेहोस भएका चालकको मृत्यु

दमक ,६ चैत । झापाको कमलमा यात्रु बोकेको स्कारपियो गाडी चलाउँदै गर्दा अचानक बेहोस भएका एक जना चालकको मृत्यु भएको छ ।यसरी ज्यान जानेमा मोरङ, पथरी नगरपालिका–९ निवासी ४५ वर्षीय योगेश धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५, सितापुरी चोकमा प्र.१–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक धिमाल अचानक बेहोस भएका थिए ।

बिहीबार साँझ ६. १५ वजे तिर विर्तामोडबाट पथरीतर्फ जादै गरेका स्कारपियोका चालक धिमालले असहज महसुस भएपछि गाडी रोकेका थिए। त्यसपछि उनी बेहोस भएका थिए ।
यात्रुहरूले तत्काल प्रहरीलाई खबर गरी उद्धार गरेर उपचारका लागि दमकस्थित निम्स अस्पताल पु¥याएकोमा साँझ ८ वजे उपचारका क्रममा मृत्यु भएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.