दमक ४ मा महिला संघ गठन

दमक,५ चैत । नेपाली महिला संघले दमक ४ मा वडा समिति गठन गरेको छ । आज शनिवार सम्पन्न वडास्तरिय महिला संघमा आवद्ध महिलाहरुको भेलाले सरस्वती कार्की सभापति रहेको वडा समिति गठन गरेको हो ।
४४ सदस्यीय गठित समितिकी उपसभापतिद्धयमा अम्बिका ओझा,रिता भट्टराई, सचिवद्धयमा बिमला रिजाल,टिका दाहाल,कोषाध्यक्षमा गोमा संग्रौंला र सहसचिवद्धयमा यमुना दाहाल र इन्दीरा दाहल रहेकी छिन् । त्यसैगरि सदस्यहरुमा गंगा अधिकारी,दुर्गा खड्का, निशा अधिकारी, शकुन्तला भटटराई लगायत चुनिएकी छन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो भेलामा पार्टीका प्रदेश समिति सदस्य भूमि राई, जिल्ला उपसभापति शेरवहादुर भट्टराई ,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, ,क्षेत्रीय सचिव मुकुन्द उप्रेती, क्षेत्र न. ५ प्रदेश सभापति रवि केसी, नगर उपसभापति सागर खनाल,महाधिबेशन प्रतिनिधि मन्दरा पौडेल, पूर्व महाधिबेशन प्रतिनिधि घनेन्द्र राज योङया ,तरुण दल क्षेत्रीय सभापति गोकुल श्रेष्ठ, पूर्व नगर सभापति रोशन विष्टलगायतको उपस्थिति रहेको थियो । पार्टी वडा सभापति राजेन्द्र प्रसाद सिटौलाको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन सचिवद्धय नारायणचन्द्र दाहाल र चिरञ्जीवि नेपालीले संयुक्त रुपमा गरेका थिए । त्यस्तै, पार्टीका पूर्व वडा सभापति पूण्यप्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए ।
सोहि अवसरमा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरि २१ ज्ना कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई फूलमालासहित साधारण सदस्यता प्रदान गरिएको वडासभापति सिटौलाले बताएका छन् । सोहि भेलाले तरुण दलको वडा समिति समेत गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.