दमक ,५ चैत । दमकका युवा ब्यवसायी तथा सामाजिक अगुवा रुपनारायण न्यौपाने मृत भेटिएका छन् । ५० बर्षिय न्यौपानेको आज विहान गौरीगन्ज गाँउपालिका वडा न. १ स्थित कुन्जीवारीमा शव भेटिएको हो । दमकदेखि करिव ३० किलोमिटर दक्षिण कुन्जीवारीमा हिजो खेती हेर्न गएका उनी झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हिलाम्मे अवस्था र मोटरसाइकल घटनास्थलबाट टाढा रहेको पाईएकाले पनि घटना शंकास्पद रहेको न्यौपाने परिवारको भनाई छ । प्रहरीले शवको कानुनी मचुल्का उठाएर पोष्टमार्टमका लागि परिवारलाई जिम्मा दिएको जनाईएको छ ।
दमकमा लामो समयदेखि ब्यवसायिक क्षेत्रमा क्रियाशिल न्यौपाने सहकारीकर्मी र सामाजिक कार्यमा सक्रिय थिए । कमलस्थित कमलनगर जेसीजका संस्थापक अध्यक्ष न्यौपानेले दमकमा ईलेक्ट्रोनिक ब्यवसाय सञ्चालन गरिआएका थिए ।स्व. न्यौपानेका श्रीमती र दुई छोराका साथ दमक ६ स्थित देवकोटा चौंकमा बस्दैआएका थिए ।