झापाका किसानहरु आन्दोलित, सडकमा उत्रने चेतावनी

दमक,५ चैत । सरकारले किसानहरुले राखेका मागहरुको सम्बोधन नगरे झापाली किसानहरुले निर्णायक आन्दोलन छेडने उदघोष गरेका छन् ।नेपाल किसान संघ, अखिल नेपाल किसान महासंघ र नेपाल प्रजातान्त्रिक किसान संगठनको संयुक्त आयोजनामा आइतवार झापाको दुधेमा आयोजित जिल्लास्तरीय विरोध कार्यक्रममा किसान नेताहरुले त्यस्तो चेतावनी दिएका हुन् । उनीहरुले ७५ प्रतिशत किसानहरु भएको मुलुकमा अब किसानहरु खेत छोडेर सडक आन्दोलनमा उत्रिने र सरकारी निकायहरु ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।
जिल्लाका विभिन्न पालिकाबाट प्लेकार्ड र ब्यानरसहित भेला भएका किसानहरुले दुधे बजार परिक्रमा गर्दै कोणसभा समेत गरेका थिए । उनीहरुले किसानहरुलाई मल, बिउमा अनुदान दिन, सरकारले गठन गरेको अवैधानिक कृषि आयोग विगठन गर्न र मलमा यस अघि दिदैं आएको अनुदानलाई निरन्तरता दिएर किसानलाई न्याय दिन माग गरेका थिए । उनीहरुले कृषि उपज विक्रीको ग्यारेन्टी गर्न पनि माग गरे ।
सो अवसरमा नेपाल किसान संघका जिल्ला सभापति राजेन्द्र भटटराई र अखिल नेपाल किसान महासंघका धनबहादुर थेवेले किसानहरु अब राजनीतिक दलका मात्रै झण्डा बोकेर हिंडनका लागि नभई किसान हक हितका पक्षमा आवाज बुलन्द गर्नका लागि पनि भएको बताए । उनीहरुले सबै राजनीतिक दलमा जोडिएका किसानहरु आआफूले लिएको दलको झण्डा त्यागेर किसान आन्दोलनमा सहभागी हुने चेतावनी दिए । सरकारले कृषि पेशालाई सम्मानित पेशाका रुपमा प्रवद्र्धन र प्रोत्साहन गर्नुको सटटा किसानहरुलाई अपहेलित गरिरहेको जिकिर गर्दै अब किसानहरु चुप लागेर नबस्ने उदघोष गरे ।

Leave a Reply

Your email address will not be published.