स्वविू निर्वाचन : धमाधम मतपरिणाम आउदै ,अधिकांसमा सत्तारुढ संगठन विजयी

दमक ,५ चैत । आज निर्वाचन भएको स्वतन्त्र विद्यार्थी यूनियन( स्ववियू )को मतपरिणाम धमाधम बाहिर आउन थालेका छन् । कोशी प्रदेशमा भएका स्ववियू निर्वाचनमा सत्तारुढ विद्यार्थी संगठनले आफनो बश्चर्व राखेको छ ।

गरामनी क्याम्पसमा राप्रविसंगठन विजयी

गरामनी क्याम्पस विर्तामोडको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको प्यानल विजयी भएको छ ।४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए।अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धी अनेरास्ववियुकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाईन् ।त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुकी सुनिता संग्रौलाले ६ र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गरिन् ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित भएका छन् ।

धनकुटाका तीनमा अनेरास्ववियु र एकमा नेविसंघ विजयी

धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन् ।मंगलबार सम्पन्न भएको धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवि क्याम्पस पाख्रिवासमा अनेरास्ववियू र जितपुर क्याम्पस नेपाल विद्यार्थीको नेतृत्वमा सर्वसम्मत चयन भएको हो।
धनकुटा बहुमुखी क्याम्पस युवा तिम्सिनाको सभापतिमा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको छ । यस्तै उपसभापतिमा सुवास अनाल, सचिवमा मिलन बुढाथोकी, सहसचिवमा विपिन राज थापा र कोषध्यक्षमा रञ्जन कार्की चुनिए ।
यस्तै हिले क्याम्पसमा सभापतिमा विशाल तामाङ, उपसभापतिमा हेमबहादुर कार्की, सचिवमा विना विश्वकर्मा, सहसचिवमा सन्तोषीकुमारी श्रेष्ठ र कोषध्यक्ष कङन तामाङ निर्वाचित भए ।
यस्तै जाल्पादेवि क्याम्पसको पाख्रीवासको स्ववियू सभापतिमा चेतराज पौडेल, उपसभापतिमा दिपेश गौतम, सचिवमा निरुता कटुवाल, सहसचिवमा सुस्मिता राई र कोषाध्यक्षमा झर्ना राई सर्वसम्मत चयन भएका छन् ।
यस्तै महालक्ष्मी नगरपालिकाको जितपुर क्याम्पसको स्ववियू सभापतिमा निरुता खड्का, उपसभापतिमा यमुनापुलामी मगर, सचिव नविन बराल, सहसचिवमा सरिता श्रेष्ठ र कोषध्यक्षमा सन्जय बानियाँ निर्वाचित भएका छन् ।
यस्तै तल्लो गोकुण्डेश्वर मावि र भाषा माविमा भने आन्तरिक समस्याका कारण नेतृत्व चयन हुन बाँकी छ ।

पिण्डेश्वर विद्यापीठ स्ववियूमा निर्विरोध

नेपाल संस्कृत विश्वविद्यालयको धरानमा रहेको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठ स्ववियूमा निर्विरोध चयन भएको छ ।विद्यापीठको स्ववियू सभापतिमा अनेरास्ववियुका सुधाकर पोख्रेल निर्विरोध निर्वाचित भए । सभापतिसहित स्ववियू कार्यसमितिका सबै पदमा १–१ जनाको मात्र उम्मेदवारी परेपछि कार्यसमिति नै निर्विरोध भएको निर्वाचन समिति संयोजक कृष्ण गोपाल अधिकारीले जानकारी दिए ।
निर्विरोध निर्वाचित कार्यसमितिमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ४ गरी ११ जना रहेका छन् । सचिवमा नेविसंघका प्रवेश पौडेल, कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाईँ रहेका छन् ।
प्रत्यक्ष तर्फका सदस्यहरूमा नेविसंघका छविन्द्र भट्टराई, विजय निरौला, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालका दिगन्त प्रसाद घिमिरे, आशिष नेपाल र समानुपातिक तर्फ अनेरास्ववियुका अर्जुन निरौला, नेविसंघका गोविन्द अधिकारी, अरुण नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपालका गोपाल गुरागाईं छन् ।

रमाइलो क्याम्पसमा क्रान्तिकारीका कार्की विजयी

मोरङको कानेपोखरीस्थित रमाईलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की विजयी भएका छन् ।नेविसंघका उम्मेदवार मनोज कार्कीलाई १ मतले पराजित गर्दै क्रान्तिकारीका कार्की सभापतिमा निर्वाचित भएका हुन् ।
अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् । यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोईरालाले ६२ मत ल्याएर बिजयी भएका छन् । सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याए ।
अघिल्लो निर्वाच्नमा क्याम्पसको स्ववियुमा अनेरास्ववियुले प्यानलै जितेको थियो ।

 खदममा अनेरास्ववियुका कन्दङ्वा विजयी

केरावारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेद्वार विजयी भएका छन् । खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उमेद्वार संगम कन्दङ्वा विजयी भएका हुन् ।
कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलले २८ मत पाए । त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी बिजयी भएका छन् ।भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत पाए ।
खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.