गौरादहमा पहिलो पटक फुड फेस्टिबल हुँदै

गौरादह,४ चैत । झापाको गौरादहमा पहिलो पटक फुड फेस्टिबल हुने भएको छ । लायन्स क्लब अफ गौरादहको आयोजनामा गौरादह- २ स्थित सहिद गेट नजिक यही चैत २८ देखि २०८० वैशाख ६ गते सम्म फुड फेस्टिबल हुने भएको हो ।
लायन्स चिल्ड्रेन पार्क निर्माण सहयोगार्थ आयोजना हुन लागेको फुड फेस्टिबलमा विभिन्न जात जातिका जातीय परिकारका खानालाई प्रर्वद्धन गर्ने उद्देश्यले उक्त फेस्टिबलको आयोजना गर्न लागिएको लायन्स चार्टड प्रेसिडेन्ट डा. तिलक खनालले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
फेस्टिबलमा आगन्तुकहरुका लागि स्थानीय जात–जातीका राई, लिम्बू, धिमाल, नेवार, तामाङ, सन्थाल, थारु, राजवंशी, ताजपुरीया लगायत आदिवासी जनजातिका आआफ्नै पहिचान सहितका परिकारहरुका स्टलहरु राखिने साथै उनीहरुले आफ्नो पहिचान झल्काउने परिकारहरुका स्टल राख्दा कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकले जनाएको छ । तर,गौरादह नगरपालिका भित्रका होटल व्यवसायीहरुले भने परिकार अथवा खानाहरुका स्टलहरु राख्दा भने शुल्क तिर्नुपर्ने जानकारी दिएका छन् ।
फुड फेस्टिबलमा स्थानीय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका साथै हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शन हुने फेस्टिबल संयोजक समिर नेपालले जानकारी दिए । फेस्टिबलमा गौरादहका राष्ट्रिय कलाकार सिताराम ताजपुरियालाई सम्मान गरिनुका साथै थप आकर्षणका लागि गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना (लाहुरे ), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीका साथै प्रत्येक दिन स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published.