मोरङको धनपालथानमा भीषण आगलागी, २ बालबालिकाको मृत्यु

मोरङ,५ चैत । मोरङको धनपालथान गाउँपालिकाको कदमा गाउँमा भीषण आगलागी हुदाँ दुई बालबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन्। अनित मियाकी छोरी ४ वर्षीया रेश्मा खातुनको जलेर मृत्यु भएको हो । मृत्यु हुने अर्का बालक रहेका छन् । आगलागीबाट हालसम्म १२–१३ वटा घरहरु जलेर नष्ट भइसकेको छ ।

प्रहरी चौकी कर्सियामा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर स्थानीयबासी, प्रहरी र रंगेली नगरपालिका , कानेपोखरी गाउँपालिका , बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका , बिराटनगर महानगरपालिकाको गरि ५वटा दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । बिद्युतको तार सर्ट भई सो आगलागी भएको हुन सक्ने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published.