डेलिया मन्टेश्वरीको बार्षिकोत्सवसहित अभिभावक दिवस सम्पन्न

दमक, ५ चैत । दमक–६ स्थित डेलिया मन्टेश्वरीले आज विभिन्न कार्यक्रम गरि आफनो पहिलो बार्षिकोत्सवसहित अभिभावक दिवस मनाएको छ । मन्टेश्वरीमा भएको सो बार्षिकोत्सव विशेष कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको डेलिया मन्टेश्वरीका सञ्चालक दिपक न्यौपानेले जानकारी दिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको सो कार्यक्रममा डेलिया मन्टेश्वरी अभिभावककी अध्यक्ष जमुना खरेल दुलाल, मन्टेश्वरीकी प्रिन्सिपल निर्मला न्यौपाने,अभिभावकहरु लगायत सामाजिक तथा स्थानीय व्याक्तित्वहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीहरु, शैक्षिक क्षेत्रमा योगदान पुरयाँउने शिक्षिकाहरु र अभिभावकले आधा दर्जन गीतमा नृत्यहरु प्रस्तुत गरेर सहभागि अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यसैगरी, मन्टेश्वरीले चालु शैक्षिक सत्रमा जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । त्यसैगरी, राम्रो अक्षर लेखन, नियमित हाजिर हुने, इन डोर र आवट डोरका विभिन्न खेलहरु, नृत्य र गायनतर्फ उत्कृष्ट हुने बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । दमकमा फरक वातबरणसहित सा–साना बालबालिकाको शिक्षा, सीप र संस्कारको विकासमा जोड दिदै आएको सञ्चालक न्यौपानेले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.