स्ववियू निर्वाचनमा गुट गर्नेलाई कारवाही : नेतृ लिम्बू

-सायनलाई जिताउन आग्रह

दमक,४ चैत । नेपाली कांग्रेसकी कन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा संगठन विपरीत गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावनी दिएकी छन् ।

नेविसंघ इकाई समितिले दमकमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्ववियू निर्वाचनमा एकपक्षीय तथा संगठनको मर्म विपरीत गतिविधि गर्ने नेता,कार्यकर्ताहरुलाई कारवाही गर्ने बताईन् । नेविसंघमा देखिएको विवादमा कांग्रेस प्रदेशसभाका सभापति रवि केसी लगायतका नेताको नामै उल्लेख गरि उनले पार्टी हितविपरीत गतिविधि गर्ने ती सवै कांग्रेस कार्यकर्ताहरु नभएको धारणा राखिन् ।
नेविसंघ इकाई समितिले सायन साम्पाङ राई अध्यक्षका उम्मेदवार भएको बताउदै उनले विद्यार्थीको निर्वाचनमा पार्टीले हस्तक्षेप गर्न नहुने जिकीर गरिन् ।
पत्रकार सम्मेलनमा नेविसंघ झापाका जिल्ला सभापति सञ्जय निरौलाले स्ववियू निर्वाचनका क्रममा दमकमा देखिएको आधिकारिकता विवाद पार्टीले उव्जाएको बताएका छन् ।

भोलि चैत ५ गते हुन गईरहेको स्ववियूको निर्वाचनमा दमकमा सायन राइको उम्मेदवारी मात्र आधिकारिक भएकाले उनलाई जिताउन विद्यार्थी नेतृत्व तथा सदस्यहरुलाई निर्देशन दिए । स्ववियू निर्वाचनमा उम्मेदवार छान्ने अधिकार स्वम विद्यार्थीहरुलाई मात्र भएको र त्यसमा पार्टीले हस्तक्षेप गर्न नमिल्ने उनको भनाई थियो । उनले स्ववियूमा अध्यक्षका अर्का प्रत्यासी भुवन बस्नेतको उम्मेदवारी घोषणा गर्ने कार्य नेविसंघ मात्र जिल्ला पार्टीको निर्णय विपरीत भएकाले त्यस्तो गुटगत भूमिका निर्वाह गर्ने प्रदेशसभा सभापति रवि केसीसहितका नेताहरुलाई कारवाही गरिनु पर्ने दावी गरे ।यसअघि पाँच दलीय गठबन्धनसहितको विद्यार्थी संगठनले बस्नेतको अध्यक्षतामा संयुक्त प्यानल सार्वजनिक गरिएको थियो ।

सायनको उम्मेदवारी घोषणा सभामा कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईले स्ववियू निर्वाचनमा उम्मेदवार छान्ने स्वयत्त अधिकार त्यही संगठनका सदस्यहरुलाई मात्र भएकाले त्यसमा पार्टीले हस्तक्षेप गर्न नहुने औल्याए । नेविसंघबाट सायनको उम्मेदवारी आधिकारिक भएकाले सवै विद्यार्थीहरु एक भएर जिताउन उनले आग्रह गरे ।
त्यस अवसरमा उम्मेदवार राईले आफूले नेविसंघबाट दल दर्ता गरेको भन्दै त्यसलाई लत्याउने कार्य उपयुक्त नहुने सुनाए । आफूले स्ववियूमा गफ होइन काम गरेर देखाउने उनको भनाई थियो ।

दमकको स्ववियू निर्वाचनमा अध्यक्षका लागि नेविसंघकै तीनसहित ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेविसंघबाट बस्नेत, सायन र दिपक लिम्बूको उम्मेदवारी दर्ता छ । स्ववियू सचिव समेत भएका लिम्बूले सामाजिक सञ्चालमा पोष्ट गरि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
स्थानीय जोङग्री क्याफेमा भएको पत्रकार सम्मेलनमा नेविसंघ झापाका पदाधिकारीहरु, पूर्व पदाधिकारी,विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको थियो ।पत्रकार सम्मेलन नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई सभापति सुनिल हाताछु राईको अध्यक्षतामा भएको थियो

 

Leave a Reply

Your email address will not be published.