स्ववियू निर्वाचन : दमकमा बस्नेत प्यानलको उम्मेदवारहरुको घोषणा

दमक,४ चैत । भोलि चैत ५ गते हुन गईरहेको स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसको स्ववियूको निर्वाचनमा आज दुई समूहले आफना उम्मेदवारहरु सार्वजनिक गरेका छन् ।

नेविसंघ ,अखिल क्रान्तिकारी, राप्रविसंघ ,अनेरास्ववियू र संघीय विद्यार्थी युनियन लिम्वूवान सहितको संयुक्त गठबन्धन र नेविसंघकै एक अर्को समूहले पनि छुटाछुट्टै कार्यक्रम गरि आफना उम्मेदवारहरु सार्वजनिक गरे ।
नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका तीन जनाले दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि पार्टी र विद्यार्थी संगठन बीच विवादले चर्को रुप लिएको छ ।

स्थानीय केविआर होटलमा विहान कांग्रेस,माओवादी,राप्रपा , नेकपा एस र संघीय लिम्बूवान पार्टी गरि पाँच वटा पार्टीको विद्यार्थी संघसंगठनको संयुक्त प्यानलबाट अध्यक्षमा भूपेन्द्र बस्नेत (भुवन) को टिम सार्वजनिक गरेका थिए ।
उम्मेदवार घोषणा गर्दे संयुक्त निर्वाचन परिचालन समितिका संयोजक रवि केसी न्यौपानेले दमक बहुमुखी क्याम्पसको स्ववियूलाई साझा बनाउन दलीय संगठनवीच सहमति गरि निर्वाचनमा उत्रनु परेको जिकीर गरे ।

सो अवसरमा स्ववियू अध्यक्षका उम्मेदवार बस्नेतले विद्यार्थी हकहित संगै क्याम्पसको समग्र शैक्षिक सुधारका विषयमा काम गरेर देखाउने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य सुरेश सुब्बा, नेविसंघका पूर्व केन्द्रिय उपसभापति समेत रहेका कांग्रेस महासमिति सदस्य मेदनीप्रसाद सिटौला, राप्रपाका नगर अध्यक्ष हेम सुवेदी, माओवादी केन्द्रका नगर अध्यक्ष कुलबहादुर बस्नेत रवि, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि नेपाल, संघीय लिम्बुवान पार्टी प्रान्तिय परिषदका सचिव टंकमान लिम्बू लगायतले स्ववियू अध्यक्षका उम्मेदवार बस्नेत नेतृत्वको प्यानललाई एक ढिक्का भएर जिताउन लाग्नुपर्ने जोड दिए । नेविसंघको आधिकारिक उम्मेदवारको विवादले निर्वाचनमा असर नपार्ने भन्दै उनीहरुले पार्टी संगठनको मर्म एवम् भावनालाइ आत्मसात गर्दै बस्नेत समूहलाई मतदान गर्नुपर्ने बताएका थिए ।

बस्नेतको प्यानलमा को -को छन ?

स्ववियू अध्यक्षमा भुपेन्द्र बस्नेत (भुवन)सहित सचिवमा राप्रविसंघका राजेश थापा र कोषाध्यक्षमा प्रविन योगीसहित सदस्यहरुमा एलिजा भेट्वाल, बिष्णु थापा , सुजन कुवँर,स्मारिका श्रेष्ठ, सनिम नेपाल, दुर्गा पौडेल, प्रशान्त ताजपुरिया ( राईडर ) र बिकल लिंखिम उम्मेदवार रहेका छन् ।
उम्मेदवार घोषणा सभामा दमक बहुमुखी क्याम्पसका स्ववियू पूर्व अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य अइन्द्रविक्रम केरुङ ,संघका पूर्व जिल्ला सभापतिद्धय पर्शुराम रिजाल , रोशन विष्ट, कांग्रेसका नेताहरु राजन ढुंगाना, भूमिराज राई, सत्यनारायण चौधरी,कांग्रेस दमकका वडा सभापतिहरु ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.