दमक,३ चैत । झापाको दमक -८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी बार्डिङ स्कूलले शुक्रवार विभिन्न कार्यक्रम गरि ११ औ बार्षिकोत्सव मनाएको छ । स्थानीय केवीआर होटलको सभाकक्षमा आयोजित बार्षिकोत्सवका अवसरमा उत्कृष्ठ तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार तथा सांस्कृतिक कार्यक्रम गरि मनाईएको प्रिन्सीपल माधव भट्टराईले बताए ।
दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत प्लेगु्रपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । स्कूलले बर्षेनी बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउदै आएको विद्यालयकी संस्थापक प्रिन्सीपल सविता भट्टराईले बताईन् ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष हेमकुमारी कोइरालाको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रमसख अतिथि वडाअध्यक्ष दाहाल, शैक्षिक अगुवा टंक पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि,विद्यार्थीहरु,कर्मचारी , शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।