कमल,२ चैत । कमल गाउँपालिकाले कृषकहरुका लागि कृषि सामग्री हस्तान्तरण गरेको छ ।गाउँपालिकामा रहेर व्यवसायिक रुपमा कृर्षि पेशा गर्दै आएका कृषकलाई सिचाईमा सहयोग पुगोस भन्ने उद्देश्यले सिञ्चाई मोटर हस्तान्तरण गरिएको गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।
गाउँपालिकामा दर्ता भएका टोल विकास संस्थाहरु मध्ये बाट प्राप्त ६० वटा निवेदनको आधारमा प्रत्येक टोल विकास संस्थालाई एक सय प्रतिशत अनुदानमा एक,एक थान सिञ्चाई मोटर प्रदान गरिएको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।
सिचाईमा सहयोग पुगोस भन्ने उद्देश्यले प्रत्येक टोलमा एक ,एक थान सिञ्चाई मोटर निःशुल्क प्रदान गरिएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
कृषि समाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, सात वटै वडाका वडाअध्यक्ष जनप्रतिनिधि , कर्मचारी, कृषक समूह समितिका अध्यक्ष तथा प्रतिनिधि , टोल विकास सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।