इनिसाको न्यायका लागि दमकमा प्रर्दशन

दमक,१ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको दमकमा विरोध प्रदर्शन निकालिएको छ ।
दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुको अगुवाइमा निकालिएको विरोध ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥याली पछि क्याम्पस मोडमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।
¥यालीमा दमक क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

खबरदारी सभामा दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति भुवन बस्नेत लगायतले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन माग गरे । उनीहरूले यस्ता जघन्य अपराधका घटनाले समाजमा असुरक्षा बढाएको भन्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसैगरि, आजनै प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टामा विरोध प्रर्दशन निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published.