दलित पत्रकार र दलित बर्गले संचालन गरेका सञ्चारमाध्यमको अवस्था

 

 

 

 

 


-पिबी दियाली

ब्यबसायिक पत्रकारिताको नाममा पुजिपतिको लगानी खनिएको सुबिधा सम्पन्न मिडिया हाउसमा संबाददाता गर्ने मामिलामा दलित पत्रकारले खासै मौका पाएनन । यदाकदा कसैकसैले पाएपनि बिषेस निगरानीमा रहेर काम गर्नु पर्ने बाध्यता छ । दलितका मुद्धालाई आफनो बिबेकले उठाएर तयार पारेको समाचार सामाग्रीहरुमा सेन्सरसीप लागु हुने गरेको भुक्तभोगीहरु बताउंछन । जिम्बेबारी पाएपनि उपरवालेको प्रत्यक्ष अप्रत्यक्ष अरनखटनलाई सिरोधार्य गर्न सकेन भने जागिरै जाने खतरा पनि दलित पत्रकारको रहेको छ । २०५२साल देखि झण्डै ११ बर्ष भएको जनयूद्ध र राज्यको दमनले दलित पत्रकारलाई सबै भन्दाबढी दुख्ख दिएको कुरा काहिंबाट छिप्दैन । दोहोरो मार खप्दै जेनतेन टिकेका दलित पत्रकारहरु अहिले पनि दुख्खले नै बाँचेका छन । जनयूद्धको उतारार्धमा संसदबादीले लगाएको संकटकाल र लगत्तै ज्ञानेन्द्र शाहले लादेको निरंकुश शाहीकाल दलित पत्रकारको लागि महाकाल नै साबित भयो । मैले माथि चर्चा गरेका हिरालाल,टीआर,सिके,मिठाई देबीहरु पछिको कालखण्ड पछि हाल सम्म म आफै पनि समाचार लेखेर बाँचिरहेको संचारकर्मी हुंं । 

………………………………………………………………………………………………………………………..

 

#संचार, पत्रकार र पत्रकारिता
संसारमा मानबजातीले आपनो जीवनमा अतिरिक्त जिज्ञासाहरुको उतर महसुस गर्न कुनै संकेत, चित्र, आबाज, हाउभाउ, आकार, प्रकार रंग, अक्षरको माध्यामबाट बिभिन्न सन्देशहरुको आदान प्रदान गर्नुलाई संचार भन्न सकिन्छ । संचार उपयोगको आधारमा यसका बिभिन्न प्रकृयाहरु हुने गर्दछन । मानिसले आफूलाई आबास्यक पर्ने संचारको प्रयोग गर्ने तरिका बिज्ञान प्रबिधिको बिकाससंग निर्भर रहनु पर्ने अबस्था छ । यूग परिबर्तनसंगै संकेत,भाषा,लीपी हुंदै छापा माध्यम, पछि बिद्युतीय संचारले गुणात्मक फडको मारेर संसारभरका मान्छेलाई चकित तुल्याएको छ । संचारको आबाश्यक्ता र उपयोगबाटै पत्रकारिता क्षेत्रको बिकास जारी रहेको हो भन्न सकिन्छ । मान्छेहरुलाई समान्यतः सूझबुझ प्रति अतिरिक्त लाभ पुरयाउने हेतुले कुनैपनि संचारमाध्यममा लेखेर,बोलेर,संकेत गरेर या अन्य कुनै अभिब्यक्तीको माध्यमबाट संचार प्रकृयामा सहभागि भईरहेको ब्यक्तिलाई पत्रकार भन्ने चलन छ । संचार माध्यममा आबद्ध भएर कुनै ब्यक्तिले अंगालेको पेसालाई पत्रकारिता भन्ने गरिन्छ । पत्रकारिता रुपैंया, पैसा, सुनचाँदी जस्तो मूर्त रुपको हंदैन । एउटा असल पत्रकारले खास गरि मानवीय सेवासुविधाको पहुंचबाट बन्चित बहुसंख्यक आम जनताको सर्बाङगिण हितप्रति बफादार रहनु पर्ने हुनाले पत्रकारितालाई आबाज बिहिनहरुको आबाज पनि भन्ने गर्दछन । बिशवब्यपी मान्यता त होइन तर कसैकसैले पत्रकारितालाई समाजको एैना पनि भन्ने गर्दछन । मानब समुदायमा समाजको स्वरुप अनुसार पत्रकारिताको परिभाषामा फरक पर्ने गरेको हुन्छ । हाम्रो सन्दर्भमा बर्गबिभाजित समाज भएकोले पत्रकारिताको परिभाषालाई बर्गिय धरातलको स्वरुपले एकरुपता हुन दिदैन । यसको मत्लब बर्गिय समाजमा अबस्थित कुनै अमुर्त चिजको परिभाषा बर्गिय स्वरुपमा नै निर्भर हुने गर्दछ ।

नेपाल पत्रकार महाँसंघको परिभाषा अनुसार पत्रकार भन्नाले महासंघको सदस्यता प्राप्त गर्न योग्यता पुगेको, छापा, प्रसारण तथा अनलाइन जस्ता कुनैपनि प्रकृतीका आमसंचारका माध्यमसंग आबद्ध समाचार संकलन, उत्पादन, सम्पादन, संप्रेषण, समाचार लेखन, पुनरलेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट,फोटोपत्रकार,प्रेस क्यामेरा पर्सन,समाचार तथा समाचार मुलक कार्यक्रम निर्माता तथा संचालक, समिक्षक, साजसज्जा, भाषा सम्पादक एबं स्वतन्त्र पत्रकार समेतलाई जनाउंछ ।
# के हो पत्रकारिता ?
सर्बसाधारण मानिसले समेत बुज्नेगरि समाजका घटनाक्रमहरुलाई संचार माध्याममा लेखेर, बोलेर या अन्य कुनै संकेत गरेर बस्तुनिष्ठ र तथ्यपरक ढंगले औपचारिक रुपमा प्रसारण संप्रेषण गर्ने काम नै पत्रकारिता हो । लेनिनको परिभाषामा पत्रकारिता प्रचार र संघर्षको साधन मात्र होइन संगठन गर्ने माध्याम पनि हो । कालमाक्र्सले पत्रपत्रिका जनताको बौधिक सेवा हुनु पर्छ भनेका छन । सिजि मुलरले सामाजिक ज्ञानको ब्याबसायलाई पत्रकारिता भनेका छन । डब्लुटि स्टिङको भनाईमा पत्रकरिता कला ,वृती र जनसेना हो ।
#पत्रकारको पेशागत संगठन र पत्रकारिता
समय कममा निरकुंस शासन सत्ताको अन्त्यकालागि भएका बिभिन्न आन्दोलन पछि मूलुकमा राजनितिक स्वतन्त्रतासंगै पत्रकार र पत्रकारिताको बिकासमा सहयोगी भूमिका खेल्ने साथै पत्रकारहरुको हक अधिकारको निम्ति बिभिन्न संघसंस्थाहरु खुलेका छन । खास गरि २०४६ सालको जनआन्दोलन पछि नेपालमा पत्रकारिता फष्टाउन थालेको आभास हुन्छ । माओबादीले २०५२ सालदेखि शूरु गरेको जनयूद्धले झण्डै १० बर्ष मुलुक तहसनहसको अबस्थामा पुग्यो । जनताको ईच्छा चाहानाको सपोर्टमा उभिएर सत्य तथ्य समाचार लेख्नेहरु कतिपय मारिए,जेलमा परे, बेपत्ता बनाईए, बिस्थापित भए, पलायन भए , यातान पाएर अंगभंग पनि भएका छन । कतिपयको पेसा नै खोसियो । यूद्ध दवाउने राज्य पक्ष र यूद्ध गर्ने माओबादी पक्षबाट पत्रकारहरु सताईएका थिए । दुबैले आफनो पक्षमा समाचार नलेखेको निहुंमा बिभिन्न आरोप लगाएर यातना दिएको कुरा काहि ंछिपेको छैन । स्वतन्त्र पत्रकरितामाथि अंकुस लगाउने राज्य र बिद्रोही दुबैपक्षको बिरोध पत्रकार महाँसंघको कदमसंग एककार गर्ने उद्धेश्यले पत्रकारिता पेसामा आबद्ध पत्रकारहरुको राजनैतिक दृष्टिकोण अनुसारका दलीय संगठनसंगसंगै ,पत्रकारितामा जात,जाति एबं समूदायगत संगठन पनि खुल्न थाले जस्तै महिला पत्रकार, नेवा पत्रकार, आदिबासी जनजाती पत्रकार, तामाङ पत्रकार ,राई पत्रकार , लिम्बु पत्रकार ,मधेशी पत्रकार ,थारु पत्रकार इत्यादी हुंदै दलित पत्रकार पनि संगठित भएका छन । #पत्रकरिताको आधारभूत
मूल्यमान्यता प्रतिको प्रतिबद्धतालाई नलत्याईकन अन्य कुराको श्रीबृद्धीको खातिर यसरी संगठित हुनुलाई लोकतन्त्रको सौन्दर्यता झल्केको भन्न सकिन्छ । पत्रकारिता एउटा अधिकारमुखि पेसा पनि भएकोले राज्यमा पहूंच नपुगेको बर्गसमुदायको सृजनशील मान्छेले यो पेसा अप्नाउनु जायज देखिन्छ । त्यसैले उत्पिडनमा परेका बर्गसमुदायका पत्रकारहरु संगठित हुनु जरुरी पनि छ । तर राज्यको संरचना फुटाउ र शासन गर भन्ने मुठठीभर ठालु बर्गको हैकमबाट मुक्त नभई सकेको, राज्यमा स्थापित पुराना तथा कतिपय नयाँ पार्टीहरुमा पनि सामन्ती चरित्रको मनस्थिति रहिरहेकोले दलित पत्रकार र उनीहरुको पत्रकारिता अरु जस्तो कलकलाउंदो हरिलो भरिलो देखिदैन । सेवासुबिधाको उपयोग, चुस्तदुरुस्त, फुर्तिफार्तिको हाउभाउमा पनि दलित पत्रकारहरु परैबाट चिनिनु पर्ने अबस्था छ । स्वतन्त्रताको उपभोगमा दलीय अनुसाशनको दण्डा दलित पत्रकारहरुमाथि नै छिटो बर्षने गरेको कतिपय मिडियाहरु बिषेश सरकारी मिडियाहरुमा भएको नियूक्ति, नबिकरण र बर्खास्तीका घटनाहरुले पुष्टि गरेको छ । राज्यनियन्त्रित मिडियामा दलित पत्रकारको यस्तो हबिगत छ भने निजिक्षेत्रका मिडियामा झन दलित पत्रकारको पीडा दर्दनाक छ । यो सब सामन्ती राज्य संरचनाको उपज हो । यसमा उच्चजातीय हैकमबादको पृष्ठपोषक कुलीन नेतृत्वको मात्र दोष होइन दलितको नामधारी छोटेकुलीन बर्गको नेतृत्वको उतिकै दोष छ ।
#पूर्बमा दलित पत्रकारको इतिहास र बर्तमान
राजनितिक एबं सामाजिक क्षेत्रमा पंचायती ब्यब्स्थामा उदाएका पूर्ब शिक्षा सहायक मन्त्री हिरालाल बिश्वकर्माले पनि पत्रकारितामा झुकाब राखेका थिए । दलितलाई जागरुक गराउन बिभिन्न साहित्यिक तथा खबरमूलक पत्रपत्रिकको प्रतिनिधि भएरकाम गरेको उनलाई राम्ररी जान्ने बरिष्ठ पत्रकार सिके गदालको भनाई छ । हिरालाललाई धरानको पहिलो दलित पत्रकार भन्न नसुहाएपनि पत्रकारको सारथी मान्न सकिन्छ । हिरालालल पछि तुलाराम बिश्वकर्मा जो टीआर बिशवकर्माले चिनिन्छन । उनले सहभागिता जनाएको दलित उत्पिडितहरुको संगठनमा रहंंदा २०१४ सालमा राष्ट्रिय परिगणित परिषदलाई ब्यबस्थित गर्न सहर्षनाथ कपालीहरुसंग मिलेर आफनै सम्पादकत्वमा एउटा बुलेटिन निकालेको चर्चा छ तर त्यो कति अंक निश्कियोरु कस्तो थियोरु केके बिषय समेटेको थियो रु प्रतिगमनकारी थियो की अग्रामी थियो भन्ने तथ्य भेटिएको छैन । तथापि उनी बामपन्थी खेमाका भनेर उनको जीबनको उतारार्धमा चिनिएका थिए । पछि २०२०सालमा राजा महेन्द्रले मुलुकी ऐन भन्ने जालीझेली कानुन ल्याएको बखत टिआरले भारत भ्रमणमा गएर जबहारलाल नेहरुलाई भेटेर फर्किएपछि पे्ररणा भन्ने पत्रिका प्रकाशन गरेको हल्ला छ । त्यो पनि के कसरी र कसको निगाहामा कसको बयान गरेको होला भन्ने ठोस निचोड दिन सकिदैन अनुमान मात्रै गर्न सजिलो छ । उनले संजीवनी नामको पत्रिका पनि सम्ंपादन गरेका थिए । छुवाछुतको बिरोधलाई मिसन बनाएर बहुदलको पक्षमा हल्लाखलला गर्न २०३६ सालमा पद्मलाल बिश्वकर्मासंग मिलेर प्रतिनिधि भन्ने पत्रिका छापेको भनाई छ । बिजयपुरमा बसोबासगर्ने टीआरले उकालो मासिक,जनदुत दैनिक,मजदुरकोबाटो,दलित आबाज, अछुतमुक्ति मोर्चा लगायतका पत्रिकाको सम्पादन गरेका थिए ।उनी नेपाल पत्रकार संघको केन्द्रीय सदस्य नै भएर पत्रकारको नेतृत्व गरेका मान्छे हुन । बिचार अभिब्यक्त गरि संचार प्रणालीलाई आत्मसाथ गर्ने खुबि सहितका प्रतिभा टिआर साथीहरुसंग छलफल चलाउन, परिबर्तनको आबाज घन्काउने ,टीम वर्कमा बिश्वास गर्ने बौधिक मान्छे मानिन्छन । टिआरको ब्यक्त्विले राष्ट्रिय छलाङ मारेको हुंदा जहांबाट पत्रिका निकाले पनि उनी धरानका भएकोले उनको प्रयासलाई स्मरण गर्नु बाध्यता नै हो ।
बिराटनगर नजिकै जोगवनीमा शिक्षण पेसा गर्दागर्दै पत्रकारितामा हामफालेका पत्रकार सिके गदालले पनि धरानलाई केन्द्रित गरेर पत्रपत्रिकामा लेख रचना छपाएको जिउंदो इतिहास छ । दलित आन्दोलनसंग जोडिएको उनको पत्रकारिता अभियानले २०२०सालमै टीआर बिश्वकर्मासंग भेट गरायो । यूगदर्पण , मन्दिरा लगायतका पत्रिकामा सम्पादक प्रकाशक रहेका सिके गदालले मोरङमा छपाएपनि बजार ब्यबस्थापन चाहिं धरानबाट मिलाएका थिए । पूर्बभरि पत्रिका पुरयाउंदा धरानबाट उठेको पैसाले खर्च टर्ने गदालको भनाई छ । धरान नामको छुटटै स्तम्भ राखेर लेखरचनाहरु लेख्ने पत्रकार गदालले धरानलाई आधारक्षेत्र बनाएको सजिल्यै अनुमान गर्न सकिन्छ । टिआरसंग मिलेर पंंचायतकालमा आन्दोलन मुखि पत्रकारिता गर्ने बरिष्ठ पत्रकार सिके गदाललाई धरानसंग जोडेर दलित पत्रकारको इतिहांस खुटयाउन सजिलो हुनेछ ।
२०३० साल तिर धरानबाटै मिठाईदेबी बिश्वकर्माले पनि समाचार संकलन गरेर प्रेरणा, सन्जीबनी नामका पत्रिकामा दलित जनजागरणमुलक पत्रकारिता गरेको इतिहास छ । बिराटनगरका बासिन्दा भएपनि जबाहारलाल रोक्काले धरानको सेरोफेरोमा रहेर २०२८ देखि नै समाचार संप्रेसित गरेका थिए । उनको पनि समाचारको मिसन दलित जनजागरणबाटै पैदा भएको मान्न सकिन्छ ।
२०३६ सालको जनमत संग्रहपछि पंचहरुको मनोबल झनबढेको हुनाले पत्रपत्रिकामा काम गर्ने पत्रकारहरु प्रसाशनको नजरमा झन तारो बन्न थाले । कांग्रेस, कम्यूनिष्टहरुको आन्दोलनको राप र तापमा प्रशासनले बिषेस गरि पत्रकारलाई दुख्ख दिने काम बढि गरयो । झन दलित जागरणलाई केन्द्रमा राखेर पत्रकारिता गर्नु त फलामका चिउरा चपाउनु सरहनै थियो । सुराकी र मण्डलेहरुले दलित पत्रकारलाई टिक्नै दिएनन । २०३६ देखि ४६ सम्म दलित मुद्धा उठाउने पत्रपत्रिकाहरुले खासै उन्नती गर्न सकेनन । धरपकड र चियोचर्चोले दलित पत्रकार पनि हैरान भएर सुस्ताएका थिएकी भन्ने अनुमान गर्न सकिन्छ । राजाले हिरालाल बिशवकर्मालाई मन्त्री बनाएर दलित आन्दोलनलाई निस्तेज पार्ने रणनीति अप्नाएका थिए । त्यो भएर पनि यो बीचमा दलित पत्रकार सुस्ताएको अनुमान गर्न सकिन्छ । २०४६सालको जनआन्दोलन पछि पत्रकारितामा एउटा सुनामी नै आयो । प्रेस स्वतन्त्राको संबैधानिक ग्यारेण्टी भएतापनि ब्यबहारमा त्यतिसारो लागु भएन । राज्य पंचायति धङधङीबाट मूक्त हुन सकेन । सत्तामा नजिक रहेका र नरहेका पत्रकारहरुबीच दरार शूरु भयो ।संसदबादीदलहरु जसरी सत्ता छिनाझम्टिमा लागे पत्रकारारिता पनि त्यसबाट अछुतो रहन सकेन । जनताको अधिकारका कुरा उठाउने, मूल्यमानयता प्रति बफादार पत्रकारहरु माओबादी आंतकारीको नाममा मारिन,समातिन,बिस्थापित हुन,पेसाबाट बिमुख हुन,जेलजान,यातना पाउन,दुख्ख पाउन थाले भने संसदबादीको संसदीय फोहारीखेलका पक्षधर आसेपासे पत्रकारहरुको स्वर्णयूगको शूरुवात जस्तै भयो ।

 

सरकारी मिडियामा भर्ति हुन, सेवासुबिधा पडकाउनकोलागि दलीय पक्षधरतामा चाकडी बजाउंदै पीत पत्रकारितामा निर्लज्ज लाग्न थाले । जनताको गणतन्त्र , जनजीबिका, बिभेद ,अन्यया अत्याचार शोषण दमनको बिरोध गर्ने पत्रकारहरु माओबादीको आरोपमा फस्न थाले भने कतिपयलाई माओबादीले नै सुराकी भनेर दुख्ख दिने मात्र होइन मार्ने सम्मकै हर्कत पनि गरेकै हो । यस्तो परिस्थितिमा दलित पत्रकारहरुको अबस्था के रहयो होला रुसहजै अनुमान गर्न सकिन्छ । स्रोतसाधनमा पहुच नभएको बर्गसमुदायको पत्रकारिता फष्टाएन । मिडिया संचालन गर्दा पूजिंलगानी गर्न नसकेको ,गरेपनि समन्ती राज्यसत्ता र त्यसबाट सृजित समाजिक स्वरुपमा हुर्किएका कथित उच्च जातिहरुको षडयन्त्र र जालझेलको सिकारमा परेर दलितका मिडियाहरु खुम्चिएको अबस्था छ । ब्यबसायिक पत्रकारिताको नाममा पुजिपतिको लगानी खनिएको सुबिधा सम्पन्न मिडिया हाउसमा संबाददाता गर्ने मामिलामा दलित पत्रकारले खासै मौका पाएनन । यदाकदा कसैकसैले पाएपनि बिषेस निगरानीमा रहेर काम गर्नु पर्ने बाध्यता छ । दलितका मुद्धालाई आफनो बिबेकले उठाएर तयार पारेको समाचार सामाग्रीहरुमा सेन्सरसीप लागु हुने गरेको भुक्तभोगीहरु बताउंछन । जिम्बेबारी पाएपनि उपरवालेको प्रत्यक्ष अप्रत्यक्ष अरनखटनलाई सिरोधार्य गर्न सकेन भने जागिरै जाने खतरा पनि दलित पत्रकारको रहेको छ । २०५२साल देखि झण्डै ११ बर्ष भएको जनयूद्ध र राज्यको दमनले दलित पत्रकारलाई सबै भन्दाबढी दुख्ख दिएको कुरा काहिंबाट छिप्दैन । दोहोरो मार खप्दै जेनतेन टिकेका दलित पत्रकारहरु अहिले पनि दुख्खले नै बाँचेका छन । जनयूद्धको उतारार्धमा संसदबादीले लगाएको संकटकाल र लगत्तै ज्ञानेन्द्र शाहले लादेको निरंकुश शाहीकाल दलित पत्रकारको लागि महाकाल नै साबित भयो । मैले माथि चर्चा गरेका हिरालाल,टीआर,सिके,मिठाई देबीहरु पछिको कालखण्ड पछि हाल सम्म म आफै पनि समाचार लेखेर बाँचिरहेको संचार कर्मी हुंं । तर यहाँ यो कार्यपत्रको शिर्षकले आफनो बयान आफै गर्न सुहाउने होइन । मैलेपनि धरानबाटै संघर्ष गरेको बिद्वान महानुभावलाई बिदितै छ ।

इतिहासले एक दिन यस्ता कार्यक्रमहरु दोहोरयाएमा पीबी दियाली भन्ने पात्रलाई कसैले छुटाउन नसक्ने कुरा मलाई बिश्वास छ । संसदीय ब्यबस्थाका नाइकेहरुको राजनैतिक रजाईको चरम अबस्था र माओबादी जनयूद्धको प्रारम्भमा धरानबाट प्रकाशित ब्लाष्ट टाईम्स दैनिकमा संबाददाताको रुपमा आएका समर परियारले झण्डै ३ बर्ष काम गरेरु तर दिगो हुन सकेनन । साँच्चो कुरा ब्लाष्टको बर्तामान नेतृत्व र उनी स्वयमलाई बाहेक अरुलाई थाहा नहोला । बलाष्टमा ठाकठुक पछि समरले काठमाण्डौमा पुगेर यूगपरिबर्तन भन्ने पत्रिका निकालेको मलाई जानकारी छ । पछि उनलाई दुश्मनी हो या केले हो रु मनमैजुमा कुटाईबाट बेहोस भई बेबारिसे भेटिएका थिए । दलमर्दन कामी लगायत साथिभाईको सहयोगमा उपचार पाई हाल दुख्खले बाँचेका छन समर परियार । खोटाङका समर परियारले धरानलाई कर्मथलो बनाएर २०५६देखि ३ बर्ष पत्रकारिता गरि दलित मुद्धामा इंटा थपेका थिए ।
हाल नयांशकित नेपाल पार्टीका केन्द्रीय सदस्य दलमर्दन कामी पनि धरानको पत्रकारिताबाट उदएका दलित योद्धा हुन ।मोरङको पथरी बजारका दलित अधिकारकर्मीहरु लक्ष्मण गजमेर, उमेश बिश्वकार्मा, गोपाल लकान्द्री, भीमशंकरहरुको प्रयासमा दलितका कुरा लेख्ने जनसुधार साप्ताहिकबाट धरान संबाददाता भएर काम थालेका दलमर्दन कामीले ३ बर्ष काम गरेर आफै जागरुप साप्ताहिक प्रकाशन गरेर पत्रकारिता गरेका हुन । काठमाण्डौमा समर परियार , गोपाल बराइली लगायतसंग मिलेर यूगपरिबर्तन भन्ने पत्रिका निकाल्दै गर्दा भुमिगत राजनीति गतिबिधिमा लागेर हाल खुल्ला राजनीतिको केन्द्रीय स्तरका दलित नेतामा स्थापित छन कामी । बेलाबखत राष्टिय पत्रिकाहरमा उनको स्तम्भ पढन पाइन्छ । पानबारीमा सामाजिक रुपले अग्रज दलित योद्धा बिनोद लोहारहरुले भित्ते पत्रिका निकाले पछि उनकै प्रेरणाले जागेका अर्का दलित योद्धा रणध्वज लोहार हाल औजार दैनिकमा कार्यकारी सम्पादक छन । उनले इटहरीबाट प्रकाशन हुने नबसुधार साप्ताहिकमा कार्यकारी सम्पादकको भूमिका निर्बाह गरेको केही समयपछि सप्तकोशी एफएमको कार्यक्रम संचालन गरेका हुन । पछि यिनले गणराज्य नेपाल दैनिकमा सहसम्पादक भएर पत्रकरिताको रिन्तरतामा जोड दिए । टिम ओर्कमा काम गर्न सिपालु र संम्यम्ताका धनि रणध्वज लोहार दलित समुदायका अथक र गौरबशाली पत्रकार हुन ।
लम्जेल संघर्षशील नामले चिनिने गमबहादुर लम्जेल धरानको पत्रकारिता क्षेत्रमा साँच्चैका संघर्षशील पत्रकार हुन । इलामबाट उच्चशिक्षाको शिलशिलामा आएका लम्जेल प्रतिभावान पत्रकार हुन । प्रगतीबादी साहित्यमा कलम दगुराउने शान्त स्वभावका लम्जेलले २०५५सालको फागुन २५ गते झापाको स्वाधीन साप्ताहिकमा बिद्रोहको ज्वाला शीर्षकमा कविता छापिए पछि उनको साहित्य क्षेत्रमा लगाब बढेको देखिन्छ । सोही पत्रिकामा इलाम संबाददाता रहेर पत्रकारितामा जमेका लम्जेलले २०६१ सालदेखि १ बर्ष सम्म जनसुधार साप्ताहिकको धरान संबाददाता भएर काम गरे । ०६३ साल सम्म बिजयपुर साप्ताहिकमा संबाददाता भए । संबाददाता हुदै काठमाण्डौको नौलो अभियानमा २०६५ सालमा सहसम्पादक भएका थिए । २०६२ असोजबाट नयाँ बिहानी मासिक पत्रिकाको प्रधान समपादक रहेर काम गरे । एक्सन टाइम्स,हाम्रो कोशी आबाज, सयपत्री साप्ताहिक, मर्निङ टाइम्स दैनिकमा पनि आबद्ध भएर काम गरेको अनुभव छ ।२०६४ सालतिर काठमाण्डौको जनएकता साप्ताहिक नामको बैचारिक पत्रिकामा सं्रबाददाता रहेर काम गरेका थिए । कुल्चिएका आबाज पाक्षिक पत्रिकाको समेत सम्पादन गरेका उनले दलित आन्दोलनलाई शसक्त पार्ने अभियानमा पत्रकारिता अंगलेको पाईन्छ ।उनको पत्रिकामा प्रस्तुत सामाग्रिहरु साहित्य मार्फत साँस्कृतिक रुपान्तरणको वकलत गरेको पाइन्छ । शिक्षण पेसा गर्ने पत्रकार लम्जेल शारिरीक तन्दुरुस्तिमा बेलाबखत समस्या आईरहेको देखिएपनि पत्रकारिता र साहित्यमा फुर्तिलो देखिन्छन । उनले २०६८ सालमा सुनसरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको प्रबोध साप्ताहिक पत्रिका मार्फत साहित्य, समाजसेवा र दलित आन्दोलनलाई दिशाबोध गरेको देखिन्छ । साहित्यमा क्रन्तिकारी धार समातेर राजनीतिक पक्षलाई प्रहार गरेको उनको प्रकाशित कृति उत्सर्ग नाटकले पनि उनलाई दलित आन्दोलनको सशक्त अभियान्ता मात्र होइन ओजनदार लेखकको रुपमा चिनाँंछ । लम्जेल प्रगतीशील लेखक संघको केन्द्रीय सदस्य र नेपाल दलित संस्कृति प्रतिष्ठानको राष्ट्रिय प्रज्ञा परिषद सदस्य पनि हुन् । पत्रिकामा छापिका सामाग्रिहरु प्रायः राजनैतिक बैचारिक बिष्लेषणात्मक रहने गरेको छ र उनको हरेक रचनाहरु सर्वहारा बर्गको पक्षमा उभिएको देखिन्छ । हरसमय काममै दगुरी रहेको देखिने पत्रकार लम्जेलले साहित्य समाजसेवा मार्फत दलित र गैरदलित बुद्धिजीवीहरुबीच अन्तरसंबादमा पूलको काम गरेको प्रष्ट देखिन्छ । अर्कातिर धरान बाहिरका साहित्य स्रष्टाहरुको सामिप्यता बढाउने र सर्बहारा बर्गको हित र उन्नतीमा पत्रकारितालाई उपयोग गर्न निक्कै सिपालु देखिन्छन । समाजिक अन्तरघुलनका माध्यामबाट भेदभाब न्यूनिकरण गर्न सकिने तर्फ बिश्वस्त रहेर कर्मक्षेत्रमा अभ्यस्त लम्जेलले जमुना श्रेष्ठसंग अन्तरजातीय बिबाह गरेर नमुना प्रस्तुत गरेका छन ।

प्रबोध पत्रिकामा प्रकाशक प्रधान सम्पादक रहेकी जमुना श्रेष्ठ लम्जेलकी धर्मपत्नी हुन । उहाँहरुको सकृयतामा संचालित प्रबोध साप्ताकिमा दलित समुदायका बौधिक तथा साहित्यिक ब्यक्त्वि केशवकुमार सुनाम सहसम्पादक रहेका छन् । लामो समय शिक्षण पेशा गरेर रिटायर्ड सुनाम प्रगतिशील लेखक संघको सुनसरी अध्यक्ष रहेर काम गरि सक्नु भएका इमान्दार दलित दलित योद्धा हुन । उनी प्रगतिशील लेखक संघको केन्द्रीय परिसद सदस्य पनि हुन ।प्रबोधमा सकृय पत्रकार यूबाहरु सकुन्तला त्रिखत्री, सरिता लम्जेल र नबिन रम्तेल बिशाल उपसम्पादक रहेका छन । पत्रिकामा लैंगिक दृष्टीकोणबाट पनि पत्रकार लम्जेलले समाबेशीको सिद्दान्तलाई अंगिकार गर्न खोजेको देखिन्छ । जनबादी साहित्यलाई जोड दिदै छापिने लम्जेल संर्षशीलको मासिक पत्रिका गुफथुम्किी गर्जन पनि धराने दलितको गौरव हो । सृजनशील कलासांस्कृती क्षेत्रमा दख्खलता प्राप्त मृदु भाषी प्रतिभा केशब सुनाम र नबिन रम्तेल उपसम्पादक , जमुनादेवी श्रेष्ठ र सरिता लामिछाने सहसम्पादक ,महेन्द्र बोगटी अध्यक्ष,हर्कराज चर्मकार प्रबन्ध निर्देशक,मनोजकुमार सोनाम र कुमार मंग्राती प्रतिनिधी रहेको गुफाथुम्की गर्जनमा समेटिएका साहित्यिक रचनाहरुले जनबादी सँस्कृतिक आल्दोलनप्रति प्रतिबद्ध रहेको देखाउँछ । गिदोन लामिछाने उपनामले चिनेने तारा लाम्गादे धरानका सशक्त पत्रकार हुन् । २०६६ सालमा प्रतिबाद नामले बुलेटिन प्रकाशन गर्दै आएका लाम्गादेले यस अघि धनकुटा र काठमाण्डौमा रहेर बिभिन्न पत्रपत्रिकाहरुमा अनुभब संगाल्दै अगाडी बढेका पत्रकार हुन् ।

२०६८ सालदेखि महाप्रतिबाद साप्ताहिकको प्रधान समपादक रहेर ब्यबसायिक पत्रकारिता गर्दै रहुका लाम्गादेले दलित जनजागरणको अतिरिक्त समाजिक कुरीति,बिभेद,अन्याय ,अत्याचार सम्बन्धी बिषयमा जोखिम उठाएर साहासिक पत्रकारिता गरेको पाईन्छ । नेपाल पत्रकार महासंघको सुनसरी जिल्ला तहमा रहेर पत्रकारको नेतृत्व गरिरहेका लम्गादेको राजनैतिक सामाजिक र धार्मिक सवालमा बेलाबखत घतलाग्दा लेख रचनाहरु आउने गरेका छन् । सार्बजानिक संंजालमा हमेसा देखा परिरहने पत्रकार लम्गादे दलित पत्रकार मात्र नभई साहित्य तथा राजनैनितक बैचारिक दृष्टिकोणमा कलम चलाएर मुलुकलाई नयाँ दिशा तर्फ डोहोरयाउन सक्ने क्षमता राख्ने सिद्धहस्त प्रतिभा हुन् । लाम्गादे भोजपुरमा बिध्यालय तहको पढाईदेखि नै कथा,कबिता,निबन्ध जस्ता साहित्यिक बिधामा कलम चलाएर उदाएका प्रतिभा हुन् । उनको २०५८सालमा साथी नामको पहिलो कबिता संग्रह छापिएपछि माक्र्स देखि माओसम्म२०५९,पत्रकरिता २०६२ , मुक्ति कसरी हुन्छ २०७१ र प्रकाश र हाम्रो मिशन नामक कृर्तिहरुले बौधिक जगतमा उनलाई स्थापित गरेको छ । लाम्गादे दलित साहित्यकार मञ्च सुनसरीको सल्लाहाकार पनि हुन् । सामाजिक रुपान्तरणका बिबिधि पक्षलाई महत्व दिएर जनसमुदायलाई चलायमान गराउने दम्दार खुराक सहितको पत्रिका महाप्रतिबादमा भगवती ल्वागुन सम्पादक रहेकी छन् । कार्यकारी सम्पादकमा अनिता रसाइली रहेकी छन् । कलात्मत लेखन क्षमता सहित सार्बजानिक संजालमा लैङिगक समानता बिषयमा बस्तुनिष्ठ टिप्पणी गरि मैहूं भन्ने लेखक लेखिकाहरुलाई समेत च्यालेन्ज गर्ने खुवि भएकी अनिता रसाइली सृजनसील पत्रकारिता पुरस्कार प्राप्त गर्ने दलित समुदायकी प्रशंसनीय पत्रकार हुन् ।

प्रतिभावान यूवा शिशिर रामदाम संबाददाता र लगनशील ब्यबस्थापक भिम लामिछाने रहेको महाप्रतिबाद साप्ताहिकले पत्रकारितामा नयाँ आयम ल्याउन पत्रकार तारा लाम्गादेको सृजनशीलता अनुसरणीय छ । लक्ष्मी दर्नाल महिला दलित पत्रकारितामा उदाएकी होनाहार प्रतिभा हुन् । बिजयपुर एफएममा समाचार बाचन गरेर क्यारिएर बनाएकी दर्नालले इटहरीबाट प्रकाशित गणराज्य नेपाल दैनिकमा योगदान पुरयाई रहेकी छन् । औजार दैनिकमा सकृय रहेकी पत्रकार दर्नाल धरानमै उच्चशिक्षा अध्ययान गर्दै पत्रकारिताबाट चिनिएकी दलित समुदायकी प्रतिभावान पत्रकार हुन ।
मर्निङ टाइम्स दैनिकमा आबद्ध दिनेश गजमेर धरानका सशक्त पत्रकार हुन् । धरानमै दलित आन्दोलनका बाहक बुवा रमेश गजमेरको प्रेरणाले पत्रकारिता पेशामा डटेर लागेका दिनेश गजमेर मकालु टीभीमा संबाददाता रहेर आप्mनो क्षमता प्रस्तुत गरिरहेका छन । रेडियो पत्रकरिता मार्फत उदाएका पत्रकार गजमेर समाचार लेखनमा संघर्षरत छन्। पत्रकारिताबाट उपेक्षित उत्पिडित बर्गको आबाज बुलन्द पार्न डटेर लाग्ने दिनेश गजमेर दलितको लागि आसलाग्दो सारथी हुन भने संचारजगतमा एउटा चम्किलो नक्षेत्र ।
गणेश बिश्वकर्मा पनि धरानको पत्रकारितामा सरिक भई दलित आनदोलनमा योगदान पुरुयाएका श्रृजनशील ब्यक्त्वि हुन् । २०६४ मा बाल खोज पत्रिका प्रकाशन गरेर उनले दलित समुदायमात्र नभएर सम्रगबालबालिकाको बिषयलाई उठान गरेर पत्रकारिता गरेको पाइन्छ । गणेश बिश्वकर्मा अचेल धरानमै ब्यापार ब्यबसायमा लागेका छन्। आबाज मासिक पत्रिका प्रकाशन गर्ने बिजय आछामी पनि दलित जागरणमा कृयताकालागि पत्रकारिता अप्नाएका ब्यक्तित्व हुन। इटहरीका जीवन खातीले पनी जनविद्रोह, फास्ट टाईम्स दैनिक लगायतमा काम गरेका दलित पत्रकार हुन् । उनी माओवादी केन्द्र नजिक मानिने प्रेस केन्द्र नेपालका इटहरी संयोजक पनि रहिरहेका छन् । २०६९ टीका मग्रातीले सम्पादन गरेको ग्लेअर मासिकले पनि दलितको बिषय उठान गरेर पत्रकारिता गर्न खोजेको देखिन्छ । सुस्मिता बिश्वकर्मा रेडियो गणतन्त्रमा पत्रकारिता गरिरहेकी दलित अभियान्ता हुन । सनदेब गजमेरले पनि रेडियो गणतन्त्रमा रहेर पत्रकारितामा सरिक भईरहेका छन । मिडियमा भबिष्य नदेखेर पेशा बदल्न बाध्ये धेरै दलित पत्रकारहरु हामी सामु रहेको दृष्टान्त छ । कतिपयले परिश्रमिक नपाएर हैरान भएर छोडेका छन । कतिपयले सरकारी दमन, हप्कि, दप्कि, प्रशासनको दमन, थुन्ने, आरोप लगाउने, जेल हाल्ने, थर्काउने गरेको कारण यो पेसा परित्याग गरि पासपोर्ट बनाएर खाडी तिर चलेका छन्।

सरल र अनुकुलता नहुंदा दलित महिलाले त झन दिगो हुन्ने चान्स रहंदैन । राम्रो सर्कुलेसन भएका पत्रिकाहरु धरानमा नभएका होइनन् । ब्लाष्ट जस्तो पत्रिकामा दलित बिषयको मुद्धा उठाउने संबददाता नभएको निकै समय भयो । महासंघकै नेतृत्व गर्ने ब्यक्तिले चलाएको फाष्ट दैनिक पनि दलित मुद्धामा निर्मम छ । औजार र मर्निङटाइम्सले दलित पत्रकारलाई नै जिम्मेबार पोष्ट दिलाएका छन् । दलित पत्रकार रहेको मिडियामा स्वाभाविक रुपले दलित मुद्धा अपेक्षाकृत हुन्छ । एफएम रेडियोहरुमा दलित पत्रकारले मौका पाएको देखिएपनि दलित बिषेश कार्यक्रमले ठाउँ पाएको कमै दृष्टान्त छ । टीभीमा त झन दलितको खडेरी नै छ । मकालुमा काम गर्ने आसिश बिकले राजिनामा ठोकेर भर्खरै निस्किएका छन । बिकाउ किसिमका साप्ताहिक, मासिक पत्रिकामा दलित पत्रकारहरुको उपस्थिति छैन । धरानबाट संबादादाता राख्न सक्ने औकातमा रहेका राजधानीका पत्रिका, रेडियो र टीभीले दलित भनेपछि फिटिक्कै मौका दिदैनन । सरकारी मिडिया गोरखा पत्र, रेडियो नेपाल, एनटीभी, रासस, द राईजिङ नेपालले दलितलाई देखेकै छैनन । सरकारले समाबेशी समानुपतिक सिद्यान्तको कुरा गर्छ तर काम गर्दैन । नीतिनियम बनाउने दलहरु हुन । यीनीहरुले आफनो परिबार, नातागोता, कार्यकर्ताको भर्ति गर्न मात्र सरकारी मिडियालाई प्रयोग गरेको पाईन्छ । इटहरीमा शान्ती गजमेरले पूर्बोद्धय एफमा दलित कार्यक्रम चलाई रहेकी छन् । तर उनलाई राम्रो सहयोग मात्र होइन सेवा सुबिधा पनि नदिएर उत्साहा दिनेकाम एफएम प्रशासनले गरेको छैन् । आफनै खर्चमा दलितको कार्यक्रम चलाउंदा निरन्तरता नहुने हो की भन्ने चिन्ता छ । पत्रकारितामा रुची भएकी शान्तीले गतिलो मिडिया भए पेशागत रुपले खटने सोच राखेको बुझिएको छ । इटहरीबाट प्रकाशित पूर्बि हटलाईन दैनिकमा उपसम्पादक राजन केडी परियार समुदायको हुन । जनबिद्रोहमा काम गरेर छाडेका केडी क्रान्तिकारी पत्रकारको हाल प्रेस सेन्टर नेपाल १ न। प्रदेश संयोजक पनि हुन । जनयूद्ध लडदै यूद्ध पत्रकारिताको पृष्ठभूमि भएका तत्कालीन जनादेशका रिपोर्टर केडीले हटलाइनामा दलित मुद्धा बारे समाचार छाप्न कुनै समस्या नभएको बताए तर उनंको पत्रिकामा दलित मुद्धा योजनाबद्ध ढंगले उठेको चाहिं पाइदैन । भएपनि ठिकै छ, नभएपनि ठीकै छ भने जस्तै हो ।

कुनै दलितले कुटाई खायो, दुख्ख पायो, अपमानित भयो, काभ्रेका अजित सार्की झैं मनपरेकी केटीसंग लभ गर्दा झुण्डिनु परयो,गछियाकी प्रमिला बिक जस्तै मुखियाहरुले फलाम तताएर डामे भने मात्र समाचार बन्यो नत्र त्यो पत्रिकाले बिचार बिष्लेषण, खोज,अनुसन्धान गर्ने लेठो गर्दैन । यो केडी जी उपसमपादक रहेको पूर्बी हटलाईन दैनिकको मात्र समस्या होइन । ब्लाष्ट, फाष्ट, औजार, मर्निङटाईम्स, क्राइमपोष्ट, पुर्बी बजार, दिब्य रोशनी, धरान साप्ताहिक, बिजयपुर साप्ताहिक, बिश्वस्त शूत्र, बिष्फोटन, जनमत, बराह, एक्सन टाइम्स, न्यूजडटकम, सुचना र संचार, सम्पदा आँचल लगायत सुनसरीका प्रायः सबै किसिमका पत्रिकाहरुमा दलित बिषय हटलाइनकै पारामा छन । उमेस सिन्चुरी इटहरीका प्रतिभबान पत्रकार थिए । सगरमाथा टिभीमा काम गर्दै गरेका उनी एक्कासी छाडेर बिदेश गएका छन । जनबिद्रोहमै काम गर्ने टिका बिक इटहरीमा रहेर पत्रकारिता गर्छन । उनले छाडेको पत्रिका माओबदी केन्द्रले चलाउंछ । गणतन्त्र रेडियो पनि उसैको हो तर त्यहाँ पनि दलित पत्रकारले भबिष्य बनाउन सेकेनन । टिका अहिले पूर्बिहटलाइनको मार्केटिङ गर्छन । सर्बहाराको कुरा गर्दे गणतन्त्र र जनबिद्रोहमा काम गर्ने गैर दलित पत्रकारहरु ग्यारेण्टीका साथ टिकेर आर्थिक बन्दोबस्त मिलाई सुकिलामुकिला भईसके तर दलित पत्रकार टिका बिक,अर्जुन गहतराज र राजन केडीहरु अझै मार्केटिङमै छन ।

त्यहाँ शेयर सदस्य रहेका कयौं पाखा लागि सकेका छन । केराबारीका अमृत भनिने अर्जुन गहतराजले इटहरीमा रहेर धेरै बर्ष जनबिद्रोहमा काम गरे अहिले उनी पेशा छाडेर अर्कै काम गर्छन । इटहरीको एरिना टिभीमा कार्यक्रम चलाउन डमर सिन्चुरी जाँतेबाट बाइकमा पेट्रोल जलाए इटहरी आएको २ बर्ष बढी भो । उनले तलब त परै जावस खाजा खाने पैसा पनि पाएका छैनन् । स्पन्सर खोज भन्दै प्रमुखले बारमबार दबाब दिने गरेपनि त्यो काम गर्न नभ्याएर पत्रकारिता छोडने अबस्था डम्मरको छ । गणतन्त्र एफएममा पनि स्पन्सर खोज्न नसकेर काम छाडेको दुर्गा घिमिरे र जुली शंकरले भनाई छ । दलित समुदायको सम्पादक रहेको पत्रिका गणराज्य नेपाल दैनिक इटहरीबाट प्रकाशन भएर अहिले साप्ताहिक भएको छ । त्यसमा पुनम बिक र जुली शंकर सम्बादाताको रुपमा पत्रकारिता गरिरेका छन भने अम्बिका दर्नालले डिजाइनको काम गर्छिन ।उनीहरु तीनै जना नेपाल पत्रकारमहासंघ सुनसरीको साधारण सद्स्य रहेका छन । दुर्गा घिमिरे पनि सो पत्रिकामा काठमाण्डौ संबादाता रहेर पत्रकारिता गरिरहेकी दलित पत्रकार हुन । पथरीका प्रकास दर्नालले २०५६ सालतिर इटहरीमा दियालो मासिक पत्रिका प्रकाशन गरि दलित आन्दोलनमा टेवा पुरयाएका थिए । दलित नेताहरुको अन्तरबार्ता, लेख,फीचर, कथा,कबिता,गित,गजल समेटिएर छाएिको उक्त पत्रिकामा बिन्दा बोगटी,रेश्मा दास,शिला गजमेर, धर्मराज रणपहेंली,डम्मर सिराल , साबित्रा आछामे,मित्र बराइली,तिलक परियार,मन्दिरा ठटाल लगायतका उत्साहि यूवाहरुले दलित हकहितबारे लेखेर दलितको आबाज फैलाएका थिए । साबित्रा हाल इटरीमै शिक्षण पेसा गर्छिन ।

मर्निङटाईम्समा २०६२।६३ सालमा इटहरीबाट पत्रकारिता गर्ने सीता भूसालले राजनीति गर्न थालेकी छन । नेपाली कांग्रेसको ट्रेडयूनियनमा केन्द्रीय प्रतिनिधी रहेकी भुसालले दलित क्षेत्रमा इटहरी तिरै सक्रियता देखाएको पाईन्छ । तरहराकी दुर्गा परियार पनि पत्रकरितामा अनुभव संगालेकी संचारकर्मी हुन दलित अधिकारबारे लेख्ने काठमाण्डौको मासिक पत्रिकामा उनको नाम देखिन्छ । उनी पनि पेशाले शिक्षिका हुन । इटहरीबाट निश्कने नबसुधार साप्ताहिकमा अनुसा लकाल्द्रीले पनि २०६४सालमा काम गरेर बिदेश गएकी पत्रकार हुन । हाल उनी इटहरीमै रहेकी छन । २०६२ देखि १ बर्ष मर्निङटाइम्समा काम गरेकी गछिया मोरङकी साबित्रा बिकले गैरदलितसंग बिबाह गरेर पत्रकरिता छाडेकी हुन ।गणेश बहादुर नेपालीले पनि २०६४सालमा इटहरीमा रहेर नबसुधार साप्ताहिकमा संबादादाता गरेका हुन । अहिले उनीपनि बैदेशिक रोजगारीमा गएका छन । धरान १८ का सुजन सुनामले पनि गणराज्य दैनिकमा संबाददाता भएर काम गरेका दलित पत्रकार हुन ।उनले २०६७सालदेखि धरान संबाददाता भएर काम गरेका थिए ।त्यसपछि हाल पत्रकारितामा उनी बेखवर छन ।अनिता सिन्चुरी र कल्पना बिक पनि इटहरीमा गणराज्य साप्ताहिकको बजार प्रनिधि भएर काम गरिरहेका दलित महिला हुन । बजारमा जाँदा थर सोध्नेहरुलाई दलित भन्दिएमा राम्रोसंग कुरा सुन्न नचाहेको उनीहरुको दुखेसो छ । दुहबीबाट अजय खडगीले पनि २०५९देखि झण्डै ३ बर्ष ब्लाष्ट दैनिक मै काम गरेका थिए । हाल पत्रकारितामा उनी बेखवर छन् । न्यूज वान भन्ने मासिकमा इटहरीबाट काम थालेकी तरहराकी बिमला शंकरले पनि त्यतिकै काम छाडिन । उनले रेडियो परिबर्तनमा पनि काम गरिन तर दिगो हुने मौका दिएनन बिज्ञापन खोज्न बजार पठाए । पत्रकारिता गर्ने सोख भएकी बिमलालाई ब्याबसायिक कुरा गर्न आएन त्यसैले उनी घरमै बसेकी छन । इटहरीको पुर्बोद्धयमै काम गर्ने हेम अनुराग बिक पनि काम छाडेर शिक्षण तिर लागेका छन ।

नमस्ते एफएमा अहिले सम्म दलित पत्रकार राखेकै छैनन । इटहरी एफएमा दलित पत्रकारको बारेमा प्रश्न सुन्ने बितिकै प्रमुख चेतन धमलाले फोन बुझिएन पछि गर्छु भनेर फोन काटे । उनले पछि फोनै गरेनन । त्यहाँ पनि दलितको बारेमा समाचार बनाउने कुरा प्राथक्तिामा पर्दैन । सप्तकोशी एफएमका प्रमुख चन्द्र न्यौपानेले पहिला मेघराज रसाइली र रणध्वज लोहारलाई मौका दिएको भन्दै हाल दलित पत्रकार नभएको बताए । रसाइली यतिबेला काठमाण्डौमा बसेर बिबिसिमा काम गर्दै रहेका छन । प्रकाशचन्द्र परियार नाम चलेका पत्रकार हुन । धरानमा पदम सुन्दास जस्ता साहित्यिक स्रष्टाको सहयोग पाएर अघि बढेका परियारले २०५४ तिर इटहरीको तरहराबाट स्थानीय पत्रपत्रिकामार्फत क्यारिअर शुरु गरे । काठमाण्डौ पुगेर कान्तिपुर मिडियामा काम गरेका उनले एनजिओमा आकर्षक सुबिधा पाएर पत्रकारितामा निश्क्रय जस्तै छन । तथापी दलित अधिकारबारे लेख रचनाहरु मार्फत बेलाबखत राष्ट्रिय मिडियमा देखिदैछन ।नेपाल पत्रकार महांसंको केन्द्रीय पदाधिकारी भएका परियारको पत्रकारितामा मूल थलो धरानै हो । रिता बराइली इटहरीबाट २०६१सालदेखि नबसुधार साप्ताहिकमा काम थालेर मर्निङटाइम्स दैनिकमा समेत काम गरेकी पत्रकार हुन्। ५,६ बर्ष पत्रकारिता गरेपछि उनी बैदेशिक रोजगारीकोलागि दुबही पुगेकी छन । ब्लाष्टमा इटहरीबाट २०५४देखि ५७ सम्म काम ३ गरेकी लिला घिमिरे पनि बैदेशिक रोजगारमा गएर पत्रकारिता छोडने दलित महिला हुन । तरहरा भावानीपुरकी अनु बिकले पनि मर्निङटाइम्समा काम गर्दागर्दै छाडेकी हुन । झुम्काको रेडियो रामधुनीमा पनि दलित पत्रकार छैनन । इनरुवाको पपुलर एफएममा केही समय दलित प्रोगाम चलाएका प्रकाशपुरका तिलक शासंकरले पनि सपोर्ट नपाएर सक्रिय रहन पाएका छैनन्। प्राय सुनसरीका एफएममा दलित पत्रकारको राम्रो उपस्थिती छैन् । प्रोगाम पनि छैनन । दलितका समाचार लेख्ने पत्रकारको खडेरी नै छ ।
#दलितद्धारा संचालित मिडियाको अबस्था
दलितको लगानीमा ठूला मिडिया हाउस सुनसरीमा छैनन । गैरदलितको लगानी भएको सुनसरीका मिडियाहरुमा औंलाले गन्न सक्ने दलित पत्रकारहरु कार्यरत त छन तर जिम्मेबार पदमा छैनन । कहिलेकाहीं उठेका दलित मुद्धाका समाचार पठाउंदापनि काटकुट पारेर सानो बनाई कुनै कुनामा छाप्ने र बिधुतीय मिडिया भए कम महत्वको भनेर प्राथमिकता नदिने गरेको दलित संबादादाताले हाकाहाकी भन्ने गरेको सुनिन्छ । लोकतन्त्रको पहरेदार भनेको मिडिया हो अब मिडियाले दलितको मुद्धा बेवास्ता गरे आम दलितले कस्को आस गर्ने रु दलित समुदायका पत्रकारहरुको सहभागिता रहेको मिडियाहरु मध्ये धेरै जसोको धुकधुकी छैन । बन्द छन । बन्द नभएकाहरुको पनि धुकधकी मात्रै छ । न बिज्ञापनको ग्यारेण्टी छ , न स्रोतको पहिचान, न हकर, न बितरक, न बजारमा ग्राहक शुल्क उठछ । न सरकारी बिज्ञापन आउंछ । न संबाददाता दह्रोखरो र खाईलाग्दो छ, , न समपादकलाई तलब छ , न डिजाइनर गतिलो छ ,न लगानी न नीति, न स्तरी लेख रचना आउंछ । न समयमा निस्कन्छ , न टीम वर्क, न साजसज्जामा आकर्षण दिन सकिन्छ, न शुद्धाशुद्धी , न आकर्षक हेडिङ, न मौलिक समाचार, न खुराक, न दम्दार बिष्लेषण, न स्तरीय सम्पादकीय, न पठनीय समाचार,न साहित्य, न कला, न बिज्ञान प्रबिधि, न समाबेशी मुद्धाको उठान , न फोटो, न कार्टुन, न मनोरंजन, न स्वास्थ्य चर्चा,न सोर्स, न फोर्ष, न अन्तरबार्ता, न फिचर, न एंकर, न बक्स न्यूज, न बाइलाईन, न डेडलाइन, न डेटलाइन, न ताजा ,न प्रस्तुतीरण, न कलात्मक्ता, न दर्शन, न दृष्टिकोण, न चाकडी, न चाप्लुसी ,न नाता, न नेता, न हाकिम चिनेको, न परिपक्क राजनीति, न योजना, न रणनीति, यस्तै छ हामी दलित पत्रकारको स्थिती ।
६ दलित पत्रकारका उत्प्रेरकहरु
ब्यबसायिक पत्रकरिता तर्फ उन्मुख औंलामा गन्न सकिएका उल्लेखित पत्रकारहरुको भूमिका मात्र दलित आन्दोलनमा काफी भएको ठोकेर भन्न मिल्दैन । पेशा ब्यबसाय अरु नै गरे पनि बिगत देखि बर्तमान दलित आन्दोलनमा लेख रचनाहरु मार्फत लागि परिरहेका स्रष्टाहरुले दलित जनजागरणमा संचारको प्रक्षेपण बिगत देखि हाल सम्म गरिहेका छन । स्रषटाहरुको रचना संप्रेष गर्ने संचार माध्याम दलित केन्द्रीत मात्रै थिए या हुन भनेर गैरदलितद्धारा संचालित संचार माध्यमलाई दुतकार्न हुंदैन । धरानबाट प्रकाशित बिभिन्न दैनिक,साप्ताहिक,अर्धसाप्ताहिक, मासिक, त्रैमासिक मिडियाहरुमा पनि दलितको आवाज गुञ्जाउने मामिलामा पदम सुन्दास, मीन बिश्वकर्मा केसब सुनाम, चक्र शंकर, लीला बिश्वकर्मा, बिनोद रसाइली, मिलन साहसंकर, सकुन्तोला त्रिखत्री, सुमन गहतराज, रीना तोलाङे, मामु लकान्द्री, पंचकुमारी परियार, गोपाल मंग्राती, रमेश गजमेर, रिकेश बिशवकर्मा, नरेश छितिज, सुबास संकर, प्रहलाद मंग्राती, कुमार बयालकोटी, टीका तोलाङे, प्रतिक अन्जान, गोपाल आछामे, प्रकाश रणपाल, खेम बयालकोटी, नारायण बयालकोटी, अब्रहम बरायली, शरण मंग्रांती, सागर कालिकोटे, सबिता खाती, हर्कराज चर्मकार, सिमा मंग्राती, कृष्ण पुरकोटी, जोनरोबर्ट बिशवकर्मा, भिमबहादुर दियाली लगायतलाई स्थान दिएकै देखिन्छ । स्रष्टाको साहित्यिक खुराकले बिधी र प्रक्रियामा फरक देखिएपनि जागरणात्मक दृष्टिकोणले हेर्दा कुनै एक पत्रकारको भन्दा कम योगदान नपुरयाएका छैनन । दलितमात्र नभएर गैरदलित समुदायका स्रष्टाहरुबाट पनि धरानमा इतिहासदेखि आज सम्म देखावटीको लागी छुवाछुत बिरोधी रचनाहरु प्रबाह भईरहेकै पाइन्छ । साहित्यकार, पत्रकार, समाजसुधारक, राजनीतिज्ञ जोसुकैले संचारमाध्यम अथवा अन्यकुनै संचार प्रकृयमा दलितलाई प्रत्यक्ष लाभ पुग्नेगरी केही प्रभावकारी काम गरेको प्रश्सत उदहरण नदेखिएपनि दुराशाय यूक्त्त रचना संप्रेषण गरेर ठूलो हानीचाहीं पुरयाएका छैनन । तथापी भर्खरै एक सुरक्षा अधिकारीले सार्बजानिक समारोहमा दलितलाई होच्याएको भन्ने सुन्नमा आएर तुरुन्तै सेलायो । जसको सत्यतथ्य बाहिर आउनु पर्छ ।
#दलितलाई पत्रकारितामा आकर्षित गराउन राज्यले के गर्ने ?
आफनो भूमिमा कुन दलितले संचारक्षेत्र संहालेको छ भन्ने राज्यलाई थाहा छैन । राज्य दलित पत्रकार बारेमा मौन बसेको हुनाले दलित पत्रकारहरु पलायनको दिशा तर्फ अघि बढेका हुन । राष्ट्रनिर्माणको इतिहांसदेखि नै सिप,कलाकौशल र मनोरञ्जमा भूमिका खेल्ने शिल्पीहरुलाई अछुत भनेर ब्यबहार गर्ने राज्य नै हो । तसर्थ राज्यको निकायले यो बर्गलाई बिषेश ब्यबस्था गरि माथि उठने मौका दिनु पर्छ । दलित पत्रकारहरुलाई राज्यले बिज्ञापन उपलब्ध गराउने , मिडियाको बजारिकरणको लागि राज्यले एक मुष्ठ रकम छुटयाउनु पर्छ । हरेक सरकारी अडडाले दलितको मिडियालाई जस्तासुकै सूचनाहरु पनि अनिबार्यरुपमा बिज्ञापन सरह दिने र ग्राहक शुल्कलाई राष्ट्रिय बजेटमा अनिबार्य ब्यबस्था गर्नु पर्छ । दलित समुदायका पाठकहरुले दलित सम्बन्धी सामाग्री भएको पत्रपत्रिका पढन चाहेमा सरकारले निशुल्क ब्यबस्था गर्नु पर्छ । जुनसुकै मिडियामा दलित सम्बनधी लेख रचना लेखेबापत श्रष्टालाई सरकारी कोषबाट परिश्रमिक पाउने ब्यबस्था गरिइनु पर्छ । दलितले प्रकाशन गर्ने पत्रिकाकोलागि सरकारले निशूल्क कागजको ब्यबस्था गर्नु पर्छ,। एफएम र टीभीको हकमा सरकारले दर्ता शुल्क,बार्षिक रोयल्टी, नबिकरण लगायतका सबैसेवमा निशूल्क ब्यबस्था गरिनु पर्छ । दलितसमुदायले मिडियाहाउस संस्थागत गरेमा सरकारले एकमुष्ठ अनुदान रकम अनिबार्य ब्यबस्था गर्नुपर्र्छ ।

सरकारले मिडियासम्बन्धी अध्ययान गर्न चाहाने दलितलाई निशूल्क आबास सहित निर्बाहभत्ता समेत दिइनु पर्छ । दलित पत्रकारहरुको तथ्याङक जम्मा गरि बिदेश भ्रमण, उच्चस्तरका तालिम,गोष्ठीहरुमा सरकारले अनिबार्य ब्यबस्था मिलाउनु पर्छ । राजनीतिक नियक्ूती गरिएका हरेक निकायमा प्रेस सल्लहाकार राख्दा दलित पत्रकार अनिबार्य रहने ब्यबस्था गर्नु पर्छ ।उच्च शिक्षाको लागि पाठयक्रममा एैच्छिक बिषय राखेर दलित समबन्धी छुटटै संकायको पाठयक्रम बनाईनु पर्छ । हाल बिध्यमान रहेको राजयसंरचना अनुसार जिबिस,नपा,गाबिस लगायतका सरकारी निकायले दलितका मिडियालाई आधारभूत खर्च धान्ने गरि अनिबार्य अनुदान दिनु पर्छ । यी याबत कामको लागि राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संबैधानिक अधिकार प्रत्यायोजन गर्नु पर्छ । यो नगर्ने हो भने राज्यले दलित शब्दको खेती नगरे पनि हुन्छ । दलितको दाग लागेर अपमानित पनि हुनु सुबिधा पनि नपाउनु हामी दोहोरो मारमा परेका छौं ।दलित पत्रकारले यसलाई मिशन बनाएर पत्रकारिता गरे जायज हुन्छ ।
#दलित पत्रकारको लागि दलित स्वयम र संघ संस्थाको भूमिका
दलितका संघसंस्थाहरुको पनि छुटटै भूमिा जरुरी छ । दलित सम्बनधी चासो राख्ने संघ संस्थाहरुले संचार क्षेत्रमा सकृय दलितलाई उत्साहा प्रदान गर्ने कार्यक्रम लयाउनु पर्छ । दलित स्रष्टाहरुको खोजअनुसन्धान गरि उचित सम्मान गरिइनु पर्छ । दलित संघसंस्थाहरुले दलित पत्रकारले काम गरेको मिडियामा सार्बजानिक सूचनाहरु दिने गर्नुपर्छ । निजी सम्पती लगानी गरेर कुनै ब्यपार ब्यबसाय गर्ने दलित समुदायका संचालकले प्रचार प्रसार खर्चबपतको रकम खर्च गर्दा दलितको मिडियालाई अनिबार्य समेटनु पर्छ त्यसो गर्ने दलित ब्यबसायीलाई सरकारले दर्ता,नबिकरण,सेवा शुल्क आय कर,भन्सार कर लगायत सम्पूर्ण राजश्वमा छुटको ब्यबस्था गरिनु पर्छ । राजनीतिक तवरबाट लाभको पदमा पुगेको ब्यक्तिले सल्लाहकार लगायत निजी सहयोगी नियूक्त गर्दा दलित पत्रकारलाई अनिबार्य मौका दिनु पर्छ । राज्यका हरेक निकायमा समाबेशी र समानुपातिकमा ब्यबस्था अनुसार दलितको उस्थिति भए नभएको दलित पत्रकारसंग बेलाबखत अन्तरक्रिया गर्ने दलितको टयाग लागेका सबै नेपालीहरु एकआपसमा हार्दिकता पूर्बक सम्मान र सद्भाव कायम गर्न हमेसा सचेत रहन दलित पत्रकार स्वयमले आबाश्यक भुमिका खेल्नु पर्छ ।
#मिडियामा प्रबेश गरेका दलितले सचेत हुनै पर्ने कुरा
सबभन्दा पहिला आफू के हो रु मिडिया ब्यबसथापक की पत्रकार रु भन्नेबारेमा स्पष्ट हुनु पर्छ । अहिले हामीले हाम्रो अबस्था बिष्लेषण नगरिकन पत्रकारितामा होमिएका छौ । मानौ समाजको बिक्रीतीले हामीलाई अपमान महसुस भयो । त्यसकोलागि हामीलाई ब्यबस्थापकीय ज्ञानको कुरा भन्दा ५,१०रुपैंयाँमा पाइने पत्रिका हाम्रो हातमा सजिल्यै पर्छ । आत्म सम्मानकोलागि या अधिकारको लागि हामीले पत्रिकामा केही छाप्न पाए हुने धारणा बनाएर पत्रकारिताको बाटो रोज्यौं र सबै भन्दा पहिला कुनै मिडिया खोज्दा एउटा राम्रो ब्यबस्थापन भएको पत्रिकाको संबाददाता हुने मौका मिल्यो । हामीले आबास्यक योग्यता पनि पुरा गरिउं ,पत्रकारिताबारे सामान्य ज्ञान प्राप्त भयो, तालिम प्राप्त गरेका छौं । आबाश्यक मूल्यमान्यता अनुसार पत्रिकामा समाचार लेख्दै छौ । बिक्रिति बिरुद्ध पनि जोरी खोज्दै छौं । जोखिम पनि मोल्दै छौं । नियमित ढंगले पत्रिकाको कार्यालयमा पुगेर अरन खटन मान्दै १,२ बर्ष बिताई सक्यौं । हाम्रो समाचारको मर्मलाई मारेर सम्पादकले समाचर तोडमोड गरेर छपायो या त्यसलाई आधार बनाएर सम्पादकले अनुचित लाभ लियो । समाचारलाई पनि सानो पारेर कतै कुनामा राखिदियो । र हाम्रो मन कुडियो या रिस उठयो । त्यतीबेला हामी आफै पत्रिका दर्ता गर्ने शुर कसि हाल्ने मानशिक्तामा पुग्छौ  र भएका कागजपत्र भेला गरी की आफै सम्पादक बस्ने की आफूले भनेको मान्ने मान्छे -जस्लाई पत्रकारिताको ज्ञान छैन सिर्फ सर्टिफिकेट मात्रै छ। सम्पादकमा राखि आफू प्रकाशक बनी अब रिन खोजेर पत्रिका शुरु गरयौं । पद पनि बढयो, जिम्मेवारी पनि बढयो, पहिला संबादाता गरेको पत्रिकाको सम्पादकलाई खुबी देखाएर तुजुक झारियो । उसकोमा काम गर्दाखेरी चिनेका २,४ वटा ब्यबसायिक प्रतिष्ठानले शुभकामना बिज्ञापन पनि दिए । ४÷।५ अंक निस्कियो पनि । तर आफूले भर्खरै छाडेको पत्रिकाको ब्यबस्थापक र सम्पादक दुबैको ज्ञान सीप आफुसंग हुंदैन । आफूले लेखेको समाचारको मर्ममाथि खेलवाड भएर सम्पादकसंग झगडा भएको हो , ब्यबस्थापकसंग होइन , सम्पादक पनि आफै ब्यबस्थापक पनि आफै भएपछि आफूले सोचे जस्तो पत्रकारिता चल्न सक्दैन । आफू पहिला संबाददाता हुंदा सम्पादकसंग कुरा नमिले जस्तै अब आफना संबाददाताहरु आफूसंग गुनासो गर्न थाल्छन । एउटा, दुईटा संबाददाता हुंदै हकर, एकाउण्ट, डिजाइनर, कागजवाला, छाप्नेवाला, घरवाला, पानीवाला, बिजुलीवाला इत्यादी सबैले क्यांउक्याउं गर्न थाल्छन । आप्mनो पत्रिकाको कार्यालयमा आफनै समस्याले घेर्न थालेपछि राम्रो पत्रकारिता गरेर अधिकार खोज्ने र आत्मसम्मान पाउंने अपेक्षामा तुषरापात हुन्छ । र हामी जहिले पनि उस्ताको उस्तै ।
# निष्कर्ष
हामी दलित पत्रकारहरु मिडियामा लागेर कुसल पत्रकार हुने हो भने कुसल ब्यबस्थापक हुन संभब छैन । होइन ब्यबस्थापक हुने हो भने पत्रकार हुन संभव छैन । हामी अहिले यही संभव नहुने कुरामा लागेर समयको बर्बादी गर्दै त छैनौ । हेर्दा उस्तै लागेपनि मिडियामा ब्यबस्थापन र पत्रकारिता अलगअलग बिषय हुन । संबन्ध हेर्दा पत्रकारिता र ब्यबस्थापन पानी र माछा जस्तै हो । बरु माछा नभए पानी रहन्छ तर पानी नभए माछा रहंदैन । हो यस्तै मिडियाको हकमा ब्यबस्थापन नभए पत्रिका दिगो रहंदैन तर नेपालमा यस्तो नीति छ ब्यबसथापन छिन्नभिन्न भएपनि पत्रिका दर्ता खारेज हुंदैन । पत्रिका रहि रहन्छ । पत्रकारिताको आधाभुत तत्व ब्यबस्थापन र पत्रकारिताको भिन्नतालाई चिन्न नसकेर हाम्रो समाजमा धेरै पत्रकारहरु असफल रहेका छन हामी दलित पत्रकार त झन यो समस्याबाट अछुतो रहने कुरै भएन । परिबेस र परिस्थितिको धरातलमा टेकेर सहि दृष्टिकोण, स्पष्ट योजना,यो पेसाबाट गरिखान्छु भन्ने दृढ इच्छा शक्ति, आत्मबिश्वास, रणनीति, उद्येश्य, धेय लक्ष्य, अनुगमन, मूल्याङकन बारे ख्याल नगरी पत्रकारिता भन्दै अलमलमा परि रहेका छौं भने दलित पत्रकारले तुरुन्त सोच्नु पर्ने बेला भएको छ । ब्यबस्थापन राम्रो अप्नाए मात्र राम्रो पत्रकारिता गर्न सकिन्छ र हाम्रो मात्र होइन अरु समुदायका पत्रकारलाई पनि पत्रकारितामा टिकाउन सकिन्छ । सफल ब्यबस्थापन पछि ब्यबसायिक बन्न पनि संभब हुन्छ । ब्यबसायिक हुन पूंजी हुनु पर्छ । अक्सर दलित पूजीको पहुंचमा छैनन ।राज्यले पूजींको ब्यबस्थापनमा गोलमाल गरेको हुंदा जनसमुदायमा बिभेदको संक्रमण फैलदो छ । अहिले ब्यबसायिक पत्रकारिताको नाममा कोकोहोलो मच्चिएको छ । सफल भयौं भन्नेहरु पनि यसैको नारामा घुमिरहेका छन । सफल हुनेहरु थोरै र सिमित उच्च बर्गका छन, तीनै सफल भएका थोरैको हित र सेवामा राज्यले लगानी बर्षाएको छ । राज्य समानुपतिक र समाबेशी सिद्यान्त अप्नाएर ब्यबहारिक शासन गर्न चाहादैन ।

यही राज्यब्यबस्थामा दलित समुदायले दलितकै मूल मुद्धामा मिसन बनाएर पत्रकारिता गर्न खोज्यो भने दुख्खका दिन शुरु भए भन्दा हुन्छ । त्यसैले अब दलित मैत्रीराज्यब्यबस्थाको स्थापनालाई मिशन बनाएर पत्रकारिता गर्ने की ? कि यही ब्यबस्थामा संभव छ ? भन्ने बहसलाई प्राथमिक्तामा राखेर पत्रकारिता गर्दा पनि दलित पत्रकारको मूल कर्तब्य मान्न सकिन्छ । (लेखक, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य हुन् । )
सन्दर्भ सामाग्रिः (दलित उत्थान समन्वय समिति धरानको प्रथम स्मारिका नामक पुस्तक, धरानका पत्रकार तारा लाम्गादे, लम्जेल संघर्षशीलका रचनाहरु, काठमाण्डौ निबासी पुराना पत्रकार सिके गदाल, रणध्वज लोहार, केसव सुनाम, खोटाङका पुराना शिक्षासेबी पदम बहादुर बिक संगको प्रत्यक्ष कुराकानीको अधारमा । )

Leave a Reply

Your email address will not be published.