ट्याक्टरबाट खसेर मजदुरको मृत्यु

दमक,१ चैत । ट्याक्टरको ट्रलीबाट खसेर दमकमा एक जना मजदुरको मृत्यु भएको छ । दमकको रतुवा खोलामा बालुवा लिन जाने क्रममा दमक २ स्थित बेलडाँगी सडकखण्डमा गुडिरहेको को २ त ९१२६ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर अन्दाजी ३५ बर्षिय देखिने मिथुन तामाङको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
तीव्र गतिमा जादै गरेको ट्याक्टर निर्माणाधीन सडकमा थर्किदा ट्रलीमा बसेका ती मजदुरको हिजो सोमबार दिउँसो ४ वजेतिर खसेर घटनास्थलमा नै मृत्यू भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना पश्चात चालक भने ट्याक्टर छाडेर फरार भएको र उनको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक अनिल मावोहाङले बताए ।

Leave a Reply

Your email address will not be published.