इटहरी ,१ चैत। श्रीमानले हाँकिरहेको मोटरसाइकलमा पछाडि बसेकी श्रीमतीको अचानक मोटरसाईकलबाट खसेर मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्याएपछि श्रीमतीको मृत्यु भएको हो ।
सुनसरीको बर्जू गाउँपालिका–२ मा गए राति १ं३० वजेतिर बर्जू गाउँपालिका -३ की ३६ बर्षीया चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
को ७ प ५६५ नम्बरको मोटरसाइकल उनको श्रीमान् ४१ वर्षीय शैलेन्द्र रायले हाँकी रहेका थिए । पछाडि बसेकी चन्द्रकलादेवी मोटरसाइकलबाट आफै लडी घाइते भएकोमा श्रीमान् शैलेन्द्रले उपचारका लागि अस्पताल पुर्याएका थिए ।
प्रहरी अनुसार उपचारको क्रममा चन्द्रकलादेवीको कोसी अस्पताल विराटनगर मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा थप अनुसन्धान गर्न घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर झापाको मेचिनगर नगरपालिका–४ राईसिङ टोलमा बुधबार एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय पुष्टबहादुर कडरीया रहेका छन् । बुधबार बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक बिद्युतीय करेन्ट लागि घाईते भएका कडरीयाको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।