
कमल,१ चैत । झापाको कमल गाउँपालिका– ५ सितापुरीस्थित सडकखण्डमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सुर्योदय नगरपालिका १ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार सोमबार राति साढे ७ वजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८३६ नम्बरको बसले राजमार्गमा पैदलयात्री राईलाई ठक्कर दिएको र उनको दमकको लाइफलाइन अस्पताल पुरयाँउन साथ मृत्यु भएको थियो ।
प्रहरीले ठक्कर दिने बस र त्यसका चालक बुटवल- ९ बस्ने ५२ वर्षीय पूर्णबहादुर पौडेललाई बससहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।