इन्ट्रा प्रिमियर लिग : सेमिफाइनलमा चार टिम प्रवेश

पथरीशनिश्चरे, ३० फागुन । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को सेमिफाइनलमा चार टिम प्रवेश गरेका छन् ।
समूह ‘ए’ बाट टेन नवोदय र शिखर एफसीसहित समूह ‘बि’का द रियल ब्रदर्श र न्यु स्टार एफसी समूहको विजेता र उपविजेता बन्दैँ सेमिफाइनलमा प्रवेश गरेका हुन्।
खेल तालिकामा टेन नवोदय र द रियल ब्रदर्शले ७-७, शिखर एफसी र न्यु स्टारले ६-६ अंक जोडेका छन् ।सोमबारदेखि लिग चरणबाट वाइएफसी, वाइजिएफटी, सिरिजङ्गा र देविगन्ज एफसीले खेल तालिकामा कम अंक क्रमशः ३, १, ३ र १ अंक जोड्दै बाहिरिएका छन् । आज सोमबारको खेल बराबरीमा सकिएको हो ।
द रियल ब्रदर्श र देविगन्ज एफसी बिच भएको खेलमा दुवै तर्फबाट निर्धारित समयमा गोल हुन सकेन । खेल अवधीमा दुवै टिमले निकै राम्रा अवसरहरू पाएपनि गोल भने गर्न सकेनन् । दुवै टिमले खेल समाप्तिसँगै १-१ अंक बाँडे ।
खेलको म्यान अफ दि म्याच देविगन्ज एफसीका मन्जिल खड्का घोषित भएका छन् । उनले ट्रफी र मेडल सहित नगद तीन हजार रुपैयाँ प्राप्त गरेका थिए ।
भोलि एक दिन कुनै पनि खेल नहुने आयोजकले जनाएको छ भने पर्सी बुधबारदेखि सेमिफाइनलका खेलहरू संचालन हुनेछ ।
पर्सी बुधबार पहिलो सेमिफाइनलको खेल समूह ‘ए’ को विजेता टेन नवोदय र समूह ‘बि’ को उपविजेता न्यू स्टार एफसीका बिच हुने आयोजक समितिका सचिव मनि लुम्फुवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.