न्यौपानेको पसलमा चोरी

दमक,३० फागुन । दमक -१० न्यौपाने टोलका नवराज न्यौपानेको पसलमा चोरी भएको छ । गएराति अज्ञात व्यक्तिले न्यौपानेको किराना पसलमा ताला तोडेर चोरी भएको पीडित न्यौपानेले बताए ।
चोरी गर्नेले नगद ४५ हजार,१५ हजार बराबरको रिचार्ज कार्ड लगेको बताएका छन् ।घटनास्थलमा चोरीमा संलग्नले चप्पल समेत छाडेका छन् । चोरी भए लगत्तै पीडितले खोजीका लागि प्रहरीमा उजुरी गरेका छन् ।प्रहरीले चोरीमा संलग्नको खोजी कार्य भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.