दमक,१ चैत । दमकसहित तराईमा आज धुमधामका साथ होली मनाईएका छन् । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने परम्परागत फागु पर्व विभिन्न रङ र लोला खेली धुमधामका साथ मनाईएका छन् ।तराई क्षेत्रको जनकपुरसहितका मिथिला क्षेत्रमा होलीलाई अझ उल्लासमय रुपमा मनाउने प्रचलन छ ।
यसैवीच दमकमा दमक जेसीजसहित विभिन्न सामाजिक संघसंस्थाहरुले आपसी रंग खेलेर होली मनाइएका छन् । दमक जेसीज, नेपाल सुनचाँदी ब्यबसायी संघ दमक,मैथिली सेवा समिति दमक ,पहिलो पाइला नेपाल लगायतले आपसी रंग खेलेर संस्कृतिमूलक पर्व होली हर्षोल्लासका साथ मनाइएका हुन् । यसैगरि, दमकको गोर्खा डिपार्टमेन्टको प्राङगणमा धु्रवतारा स्पोर्टिङ क्लव र वजार क्षेत्रमा दमक- ७ स्थित पाथीभरा यवा क्लवले औपचारिक रुपमा विशेष सांगीतिक कार्यक्रम गरि होली मनाईएका छन् । चौंक र वजार क्षेत्रमा आयोजित ती होली विशेष कार्यक्रममा सहभागि युवायुवतीहरुले दिनैभरि नाचेर मनोरञ्जन दिलाएका थिए ।
अघिल्ला वर्ष झै यसवर्ष पनि दमक जेसीजले होली मिलन कार्यक्रमलाई निरन्तरता दिएको छ । दमक जेसीजको सचिवालयमा आयोजित होली कार्यक्रममा दमक जेसीजकी पूर्व अध्यक्ष समेत रहेकी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रममा दमक जेसीजका संस्थापक सदस्य तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष पदम कोईराला , दमक जेसीज बर्ष २०२५ का अध्यक्ष तथा सल्लाहकार चन्द्र खत्री , दमक जेसीजका निबर्तमान अध्यक्ष रामचन्द्र अधिकारी , दमक जेसीजका पूर्ब अध्यक्ष गञ्जबहादुर दाहाल,लोक बहादुर अधिकारी,गोबिन्दराज कट्टेल,सुयोग खरेल लगायतको जेसीजका पदाधिकारी,सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बशिष्ट संस्कृत गुरुकुल बिद्यापीठका पूर्व प्राचार्य पण्डित चेतन आचार्यले होली पर्बको महत्व तथा यसको इतिहासका सन्दर्भमा चर्चा गरेका थिए ।
होली मिलन सो कार्यक्रमको संयोजन दमक जेसीजका उपाध्यक्ष सुमन कुमालले गरेका थिए भने सन्ध्या बरालले जेसीज आस्था बाचन गरेकी थिइन् ।
पहिलो पाइलाको होली कार्यक्रम
पहिलो पाइला नेपाल दमक शाखाले दमकस्थित संगम स्वीट्सको प्राङगणमा शुक्रवार होली मिलन कार्यक्रम गरिएको छ ।पहिलो पाइला दमक शाखा अध्यक्ष राजु निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई प्रसाईं , दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रबि केसी , नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी, होटेल ब्यबसायी संघ दमकका महासचिब भुपेन्द्र न्यौपाने ,रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाँइ ,दमक डिपिएल संस्थापक अध्यक्ष भेषराज न्यौपाने ,अध्यक्ष अनु आचार्य , सामाजिक ब्यक्तित्व तिर्थराज बस्नेत औषधि व्यवसायी संघ झापाका उपाध्यक्ष बिबेक बजगाँइ लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिति नगर प्रमुख थापाले बोल्दै सामाजिक सद्भाव एकता ,भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।उपप्रमुख भट्टराईले रङहरुको पर्बले सबैलाई उत्साह उमंग छाओस भन्दै होली पर्बको शुभकामना ब्यक्त गरिन् ।
कार्यक्रममा होटल ब्यबसायी संघको महासचिब भुपेन्द्र न्यौपानेले रितिरिबाज र परम्पराको जोगार्न गराउन यस्तो किसिमको कार्यक्रमले सहयोग पुर्याउने बताए ।
संस्थाका गतिविधि र कार्यक्रमको औचित्यमाथि संस्थाका उपाध्यक्ष लबराज खडकाले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार गणेश प्रधानले गरेका थिए ।
निम्स अस्पतालको होली
त्यसैगरी दमक -९ स्थित निम्स नेशनल हस्पिटलले अस्पतालमा कार्यरत चिकित्सक,नर्स तथा अन्य स्वास्थ्य कर्मचारी एवं शुभचिन्तकहरुबीच होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालका अध्यक्ष उमाकान्त आचार्य, सचिव रोशन विष्ट लगायतले सञ्चालक समिति एवं सहभागीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी गोरखा डिपार्टमेन्ट परिसरमा ध्रुवतारा स्पोर्टिङ क्लबको आयोजनामा होली उत्सव २०८१ विशेष कार्यक्रम सम्पन्न भएको थियो । ति कार्यक्रमहरुमा कलाकारहरुले विभिन्न गीत संगीतका माध्यमबाट पनि मनोरञ्जन दिलाएका थिए ।
यसैगरि, सुनचाँदी ब्यबसायी संघ दमकको आयोजना होलिमिलन कार्यक्रम हर्षउल्लासका साथ मनाइएको अध्यक्ष काशी खाँतीले बताए ।
मंगलवारेमा होली मिलन कार्यक्रमलाई निरन्तरता
होली मिलन कार्यक्रमलाई यसवर्ष कमल -५ स्थित मंगलवारे वजारमा भव्य रुपले मनाईएका छन् ।स्थानीय दुर्गा मन्दिरमा आयोजित होली कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान लगायतले होलीलाई सामाजिक सद्भावका रुपमा मनाउदै आएको होली नेपालीहरुको साँझा विशेष पर्व भएको जोड दिएका थिए ।
होली मिलन कार्यक्रम स्थानीय सगुन युवा क्लव , मंगलमय टोल विकास संस्था र आमा समूह मंगलवारेको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा स्थानीयहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरु एकापसमा रंग साटासाट तथा शुभकामना आदानप्रदान गर्नुका साथैं गीत ,नृत्य प्रस्तुत गरि मनाईएको टोल विकास संस्थाका सचिव तुलसी तिवारीले बताए ।यसैगरि कमल नगर जेसीजले पनि कमल ६ स्थित वडा कार्यालय परिषरमा होली मिलन कार्यक्रम गरि मनाईएका छन् ।
पथरी जेसीजको होली मिलन कार्यक्रम
मोरङ्गको पथरी शनिश्चरेमा पथरी जेसीजले होली मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अघिल्ला वर्षझै यसवर्ष पनि पथरी जेसीजले आज शुक्रबार पथरी चौकमा से नो टु ड्रग्सु भन्ने मुख्य नाराका साथ होली मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
अनन्त श्री विभूषित प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द जी महाराजले सहभागीहरुलाई होलीको सप्तरङ्गी टिका लगाई दिएर होलीको शुभरम्भ गरेकी थिइन् ।
उक्त अवसरमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, घरेलु उद्योग महासंघ मोरङका उपाध्यक्ष तुलसी ढकाल, पथरी उवासंघकी सदस्य प्रेमकुमारी ढकाल, अष्टलक्ष्मी साकोसकी अध्यक्ष दुर्गा सुवेदी दङ्गाल, नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जङ् कार्की , पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, हिरक आधारभूत विद्यालयकी प्रधानाध्यापक कविता तिम्सिना , जेसीजका संस्थापक अध्यक्ष अशोक शङ्कर, पथरी शनिश्चरेकी पूर्व उपमेयर तथा संस्थापक सदस्य यमुना बिष्ट बास्तोला, जेसिज वर्ष २४ का पूर्व अध्यक्ष राजकुमार विश्वकर्मा,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा जेसीज पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।
पथरी जेसीज वर्ष २०२५ की अध्यक्ष निर्मला भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ लोकगायक महेश बुढाथोकीले आपना निक्कै कर्णप्रिय गीतहरु प्रस्तुत गर्दा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यस्तै, पथरी शनिश्चरेकै राज लोहार, प्रतिक मगर , वाल्मीकि मेमोरियल माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत बालगायिका परिना विष्ट लगायतले सुन्दर सांगीतिक तथा सांस्कृतिक बेजोड प्रस्तुतिहरू प्रदान गरेर मनोरञ्जन प्रदान गरेका कार्यक्रम संयोजक तीर्थराज अधिकारीले जानकारी दिए ।