दमक बहुमुखी क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियू सभापतिका उम्मेदवार राईनै आधिकारिक

दमक ,२९ फागुन । यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर नेपाल विद्यार्थी संघले दमक बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।
स्ववियू निर्वाचनमा प्रयोग गरिने मतपत्रमा उम्मेद्वारहरुको संगठनको नाम उल्लेख हुनु पर्ने भन्दै नेविसंघले तालावन्दी गरेको हो । तालावन्दीका कारण निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रकाशित गर्ने मतपत्रमा उम्मेद्वरको नाममा मात्र हुने जनाएको छ । नेविसंघबाट विभिन्न तीन वटा समूहले आफू आधिकारिक उम्मेदवार भएको भन्दै दावी गरिआएका छन् ।
यसैवीच, दमक बहुमुखी क्याम्पसमा देखिएको उम्मेदवारी आधिकारिकता विहिबार साँझसम्म प्रष्ट नहुदाँ समग्र संगठनमा अन्यौल छाएको छ ।नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले २८ फागुनमा दुई वटा पत्र पठाएर दुवै उम्मेदवार आधिकारिक भएको उल्लेख गरेका छन् । क्याम्पसको निर्वाचन समितिलाई पत्र पठाउदै नेविसंघ केन्द्रीय समितिले स्ववियू सभापतिको उम्मेदवारमा सायन साम्पाङ र त्यही दिननै पुनः केन्द्रीय सभापति शेर्पाले भुपेन्द्र बस्नेत सभापतिका उम्मेदवार आधिकारिक भएको बताएका छन् ।
दुवै उम्मेदवारसहित नेविसंघबाट निर्वाचित स्ववियू सचिव दिपक लिम्बूले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववियू सभापतिको उम्मेदवार आधिकारिक कुन हुन भनेर स्पष्ट नहुदाँ नेविसंघलाई स्ववियूको बश्चर्वमा चुनौती खेप्नु पर्ने स्थानीयको भनाई छ ।
नेविसंघ जिल्ला सचिव जितेन साम्पाङले नेविसंघ दमक बहुमुखी क्याम्पसको आधिकारिता विवाद टुंगिएको बताउँछन् । केन्द्रले सायन राईलाई स्ववियू सभापतिको उम्म्ेदवार बनाउने निर्णय गरेका र अव विवाद हटेको उनले जनाएको छ । राई र बस्नेत दुवै स्ववियू सदस्य हुन् ।

स्ववियू सभापतिका उम्मेदवार सायन राई नै आधिकारिक :नेविसंघ झापा

यसैगरि, आजनै नेविसंघ झापाले दमक बहुमुखी क्याम्पसमा स्ववियू सभापतिका उम्मेदवार सायन राई नै आधिकारिक भएको बताएको छ । संघका जिल्ला अध्यक्ष सञ्जय निरौलाले स्ववियू सभापतिमा राईनै आधिकारिक उम्मेदवार भएको र केन्द्रीय समितिको फर्जी पत्र सार्वजनिक गरेर संघलाई कमजोर बनाउने कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

स्ववियू निर्वाचन शान्तिपूर्ण बनाउन जोड

दमक बहुमुखी क्याम्पसमा हुन लागेको स्ववियू निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचन समितिले आज क्याम्पसमा एक कार्यक्रम गरि निर्वाचन भयरहित बनाउन सवै विद्यार्थी संगठन तथा विद्यार्थीहरुले सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका छन् ।
छलफलमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई सभापति सुनिल हताछु राईले पनि निर्वाचन शान्ति रुपमा सम्पन्न गर्न आफनो संगठनले सहयोग पुरयाँउने सुनाए ।

छलफलमा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले स्ववियू निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षले सहयोग पुरयाईदिन अनुरोध गरे ।
झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले झापाकै धेरै मतदाता भएको र यहाँको स्ववियू निर्वाचन शान्तिपूर्ण र स्वच्छ बनाउन प्रशासन प्रतिवद्ध भएको जोड दिए ।
छलफलमा दमक बहुमुखी क्याम्पस स्ववियू निर्वाचन समितिका संयोजक टंकप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अन्तर्गत हालसम्म भएका विविध विषयमा जानकारी गराएका थिए ।
छलफलमा दमक बुहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरी,क्याम्पसका अध्यापक,विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.