
दमक,३० फागुन । दमक बहुमुखी क्यापस इकाइको सभापतिमा रत्न थापा चुनिएका छन् । संघको आज सम्पन्न अधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको उपसभापतिमा इशा राई ,सचिवमा राम भण्डारी ,सहसचिवमा डिल्लिराम भट्टराई र कोषाध्यक्षमा विनिता भट्टराइ चुनिएका छन् । यसैगरि,सदस्यहरुमा विनोद चापागाई ,सुदिप थापा,नगेन्द्र मिश्र ,अविनाश कुमार झा , कल्पना खतिवडा ,अस्मिता सिटौला अधिकारी लगायत चुनिएका छन् ।